जनकपुरधाम,फाल्गुन २९ गते । जसपा,नेपालका केन्द्रीय सदस्य ,मधेश प्रदेशका प्रदेश सांसद रामअशिष यादवले एक समारोहबीच चक्कर गाउँका कुलदेवी महारानी माई मन्दिरको शिलान्यास गरेका छन।
धनुषा निर्वाचन क्षेत्र नं २, ओैरही गाउँ पालिकाको चक्करमा वर्षो देखि जिर्ण रहेकोे महारानी माई मन्दिरको पुनः निर्माण गर्न उदेश्यले मन्दिर परिसरमा नयाँ मन्दिरको शिलान्यास गरिएको छ।
समाजसेवी नेता यादवको प्रयास तथा मधेश प्रदेशको उधोग तथा पर्यटन मन्त्रालयको सहयोगमा महारानी माई मन्दिरको निर्माण हुने छ।
शिलान्यास कार्यक्रममा जसपा,नेपाल ओैरही गाउँ पालिकाका नगर अध्यक्ष कमलदेव मंडल,ओैरही गाउँ पालिका वार्ड नं ५ का वार्ड अध्यक्ष युवा नेता सरोज कुमार मंडल,वार्ड नं ६ का वार्ड अध्यक्ष शंकर प्रसाद साह,जसपा,नेपाल वार्ड नं ५ का वार्ड कमिटी अध्यक्ष रमेश अधिकारी ,युवा नेता,जय प्रकाश मंडल,राजकिशोर सहनी ,समाजसेवी किशोरी मंडल सहित स्थानीय युवा तथा समाजसेवीहरुको सहभागिता रहेका छन।
शिलान्यास कार्यक्रम लगत्तै महारानी माई मन्दिरमा वातावरण संरक्षणको सन्देश दिदै वृक्षारोपन पनि गरिएको छ।
प्रतिक्रिया दिनुहोस्