महोत्तरी, फाल्गुन ०७ गते। मधेस प्रदेशका सांसद तथा पूर्व आन्तरिक मामिला कानुनी राज्य मन्त्री सरोज सिंह कुशवाहाको प्रमुख अतिथित्वमा महोत्तरी जिल्लाको साम्सी गाउँपालिका वडा नं. ५, पोखरभिण्डामा सलहेस मन्दिरको शिलान्यास गरेको छ।
उक्त कार्यक्रममा विशिष्ट अतिथि वडा अध्यक्ष कैलाश यादव, सह-संयोजक विजय यादव, उमेश यादव, मुकेश पासमान लगायतका अन्य नेतागण, नागरिक समाजका प्रतिनिधिहरू र युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख मन्त्रीले क्षेत्रीय विकास र धार्मिक संरचनाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने कुरा बताउनु भयो।
कार्यक्रमको सफलतामा स्थानीय समुदायको सक्रिय सहभागिता र समर्थन पनि रहेको छ।
प्रतिक्रिया दिनुहोस्