महोत्तरी, फाल्गुन ११ गते। समाजवादी युवा संघ, नेपाल महोत्तरी जिल्ला अध्यक्ष सरोज यादवको अध्यक्षता र जसपा, नेपालका केन्द्रीय युवा, विद्यार्थी तथा खेलकुद विभाग उपप्रमुख कृष्ण शंकर साहको प्रमुख आतिथ्यमा महोत्तरी पार्टी कार्यालयमा एक विस्तारित बैठक सम्पन्न भएको छ।
बैठकमा समाजवादी युवा संघ, नेपालका मधेस प्रदेश अध्यक्ष कमलेश यादव, उपाध्यक्ष सरोज चौधरी, पार्टीका जिल्ला उपाध्यक्ष शिवचन्द्र साह लगायत महोत्तरी जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा महाधिवेशन तयारी सम्बन्धमा विभिन्न निर्णयहरू गरिएका थिए।
कार्यक्रममा महाधिवेशनको तयारीको लागि आगामी कार्य योजना, सदस्यता विस्तार र संगठनको मजबूतीलाई प्राथमिकता दिने विषयमा छलफल भएको थियो।
प्रतिक्रिया दिनुहोस्