• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

महावीरका सिद्धान्तहरु आर्थिक, सामाजिक र नैतिक सुधारका मार्गदर्शन हुन् : उपराष्ट्रपति यादव

२०८१ चैत्र २८, बिहीबार २०:२३
महावीरका सिद्धान्तहरु आर्थिक, सामाजिक र नैतिक सुधारका मार्गदर्शन हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूले जैन धर्मका २४औं तीर्थंकर महावीरका अहिंसा, सत्य, करुणा, समानता, अपरिग्रह, ब्रह्मचर्य र अनेकान्तवादजस्ता सिद्धान्तहरू देश र समाजका लागि आर्थिक, सामाजिक, राजनीतिक तथा नैतिक सुधारका मार्गदर्शन रहेको बताउनुभएको छ ।

उपराष्ट्रपति यादवले महावीरको २६२४औं जन्मजयन्ती (जन्म कल्याणक दिवस) को अवसरमा नेपाल जैन परिषद्ले काठमाडौं कमलपोखरीस्थित जैन निकेतनमा बिहीबार आयोजना गरेको विशेष समारोहमा उक्त कुरा बताउनुभएको हो ।

महावीरका सिद्धान्तहरु सिंगो मानव जीवनका विविध पक्षलाई समृद्ध बनाउने मार्गदर्शनका रूपमा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘ महावीर जन्मजयन्तीले सामाजिक एकता, धार्मिक सहिष्णुता र सांस्कृतिक मूल्यहरूलाई सुदृढ बनाउने अवसर प्रदान गरेको छ । ’ नेपाल जैन परिषद्ले भगवान महावीरका सिद्धान्तहरूलाई सम्पूर्ण समाजमा फैलाउन गरेको योगदानको प्रशंसा गर्दै उपराष्ट्रपति यादवले देश र समाजलाई थप शान्तिपूर्ण, सम्पन्न र समृद्ध बनाउने प्रेरणा प्रदान गर्न महावीरका विचारहरूको महत्वलाई उजागर गर्नुभयो ।

‘मानव जीवनका लागि अपरिहार्य ‘पञ्चशील’ सिद्धान्तका प्रतिपादक भगवान महावीरको जीवनले हामीलाई अहिंसा, सत्य, करुणा र समानताको संदेश दिन्छ । सामाजिक एकता, धार्मिक सहिष्णुता र सांस्कृतिक मूल्यहरुलाई थप सवल, सुदृद्ध र बलियो बनाउने अवसर पनि प्रदान गर्दछ ’ उहाँले भन्नुभयो, ‘महावीरले देखाउनुभएको सत्मार्ग, कर्ममार्ग र नैतिकमार्गमा हिड्न हामीलाई अभिप्रेरित गर्दै मानव जीवनमा शान्ति, सद्भाव र मैत्रीभाव प्रसार गर्नमा उत्तिकै सहयोग गर्दै आएको छ ।’

जैन धर्मले सहिष्णुता, अहिंसा र भाइचारा प्रदर्शन गर्दै आएको उल्लेख गर्दै उहाँले बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षासहितको विविधतायुक्त नेपाल जस्तो मुलुकमा जैन धर्मका सिद्धान्तहरुले देश र समाजका सबै वर्गहरु बीच सहिष्णुता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । ‘महावीरका विचारहरुलाई आत्मसात गर्दै हाम्रो समाजलाई अझै न्यायपूर्ण, शान्तिपूर्ण र समानताको आधारमा संगठित गर्नका लागि अग्रसरता देखाउनु आजको आवश्यकता हो ’ उहाँले भन्नुभयो, ‘राजनीतिक रुपमा, महावीरले सत्य र नैतिकताको मार्ग अपनाउनमा जोड दिनुभएको छ । उहाँले हामीलाई सच्चा नेतृत्वको पाठ पनि सिकाउँनु भएको छ ।’

उहाँले नेतृत्कर्ताले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आमनागरिकको हितमा काम गरेको अवस्थामा मात्र सच्चा नेतृत्वदायी भूमिका निर्वाह गरेको ठहरिने समेत बताउनुभयो । उपराष्ट्रपति यादवले आर्थिक रुपमा, महावीरका ‘अपरिग्रह’ को सिद्धान्तले भौतिक सम्पत्तिको लोभलाई त्यागी सन्तुलित र न्यायपूर्ण आर्थिक प्रणालीको परिकल्पना गर्न सबैलाई प्रेरित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ आजको विश्वमा, जहाँ आर्थिक असमानता बढ्दो छ, भगवान महावीरका यो सिद्धान्तले सम्पत्ति वितरणलाई समतामूलक बनाउने दिशामा अग्रसर हुन सक्ने मार्गदर्शन पनि प्रदान गर्दछ ।’

‘नैतिक रुपमा, भगवान महावीरको जीवन र सिद्धान्तले मानव जीवनमा सद्गुण, आत्मानुशासनको महत्वलाई उजागर गरेको छ ’ उहाँले भन्नुभयो, ‘ महावीरका पाँच प्रमुख व्रत÷सिद्धान्तहरु– सत्य, अहिंसा, अपरिहग्रह, ब्रह्मचर्य र अनेकान्तवाद– मानव जीवनलाई नैतिक मूल्यमाथि आधारित बनाउने प्रयासहरु हुन् । यी सबैले व्यक्तिगत जीवनदेखि देश र समाजसम्मको समग्र सुधारका लागि मार्गदर्शकमा निहित सिद्धान्तहरु हुन् । हामी सबैले यसलाई अंगिकार गर्दै अघि बढ्न सक्नुपर्दछ।’

उपराष्ट्रपति यादवले आफ्नो सम्बोधनका क्रममा सम्पूर्ण जैन धर्मावलम्बीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दै भगवान महावीरका सिद्धान्तहरुको पालना गर्दै सबै एकजुट भई देश र समाजसंगै सिंगो विश्वमा सकारात्मक परिवर्तन र रुपान्तरण ल्याउने प्रतिबद्धताका साथ अघि बढ्ने प्रण लिन उत्प्रेरित गर्न सकोस् भन्ने कामना गर्नुभयो। समारोहमा जैन धर्मावलम्बीहरू, नेपाल जैन परिषद्का पदाधिकारीहरू तथा विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति रहेको थियो ।
२०८१ चैत २८ गते बिहीबार ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech