धनुषा । नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ ।अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा कुर्सी हानाहान भएको हो ।
निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका छन् । धनुषामा एमाले सचिव रघुवीर महासेठको समूह तथा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया र संजीव झा ‘सुरज’ सहितका नेताहरूको धार छ ।
दुई समूहले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनमा ६३५ जनाले मतदान गर्नेछन्। शान्तिपूर्ण निर्वाचनका लागि दबाब दिन भन्दै उनीहरू अहिले हलभित्रै धर्नामा बसेका छन् ।
प्रतिक्रिया दिनुहोस्