जनकपुरधाम, जेष्ठ १ गते। समाजवादी विद्यार्थी युनियन नेपाल (सवियु) का केन्द्रिय उपाध्यक्ष आमिन राइनले विद्यार्थी दिवसको अवसरमा सम्पूर्ण विद्यार्थी समुदायलाई शुभकामना व्यक्त गरेका छन्।
उनले विद्यार्थी जीवनलाई राष्ट्र निर्माणको प्रमुख अङ्ग र समाजको उत्प्रेरक शक्ति मान्दै, विद्यार्थीहरुले राष्ट्रको प्रगति र समृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउनु पर्ने धारणा व्यक्त गरेका छन्।
उपाध्यक्ष राइनले सबै विद्यार्थीलाई शिक्षामा उत्कृष्टता प्राप्त गर्न, सामाजिक सँगतता र समावेशीता बनाउन, र देशको प्रगति र लोकतन्त्रको रक्षा गर्ने कार्यमा सक्रिय भूमिका निभाउन प्रेरित गरेका छन्।
समाजवादी विद्यार्थी युनियन नेपालले विद्यार्थिहरुको अधिकारको रक्षा र समान अवसरका लागि निरन्तर संघर्ष गर्ने वचन दिएको छ।
























