सिरहा ।सिरहाको गोलबजारमा युवतीको छुरा प्रहारबाट युवक घाइते भएका छन् ।गोलबजार नगरपालिका ४ मा डेरा गरी बस्ने वडा नम्बर १३ का २४ वर्षीय अशोक कुमार महतो घाइते भएका हुन् ।गोलबजार नगरपालिका २ बस्ने १७ वर्षीया युवतीले वादविवादको क्रममा तराकारी काट्ने छुरा घाँटीमा प्रहार गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।घाँटीमा छुरा प्रहारपछि घाइते युवकको उपचार स्थानीय भुमिजा अस्पतालमा भइरहेको छ ।प्रहरीले युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
























