जनकपुरधाम। धनुषा जिल्लाको औरही गाउँपालिका वडा नं. १ मा कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी सकिना खातुनले पाउनु भएको छ।
वडा अध्यक्ष अशेश्वर यादवमाथि भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भएपछि उहाँको पद निलम्बन गरिएको थियो। यादवको अनुपस्थितिमा वडाको नेतृत्वको खालि स्थान पूर्ति गर्न खातुनलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो।
गाउँपालिका कार्यालयका अनुसार सकिना खातुन हाल वडा सदस्यको रुपमा कार्यरत हुनुहुन्थ्यो। उहाँले कानुनी प्रक्रियाअनुसार वडा अध्यक्षको कार्यवाहक जिम्मेवारी सम्हाल्नु भएको हो।
गाउँपालिकाले खातुनको नियुक्तिलाई वडाको सेवा प्रवाह निरन्तर राख्ने उद्देश्यले गरिएको जनाएको छ।
























