महोत्तरी, साउन १७ गते। समाजवादी विद्यार्थी युनियन नेपाल महोत्तरी जिल्लाको भेला शुक्रबार सम्पन्न भएको छ। जसपाका कार्यकारी सदस्य तथा पूर्व जनसंख्या तथा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको प्रमुख आतिथ्यतामा महोत्तरीस्थित जसपा नेपाल जिल्ला कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो।
जिल्ला संयोजक ऋषि राम यादवको अध्यक्षतामा सम्पन्न उक्त भेलाले वीर अधिकारीको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति चयन गरेको छ।
नवगठित समितिमा उपाध्यक्षमा धिरेन्द्र कुमार रजक र आरती कुमारी यादव, सचिवमा अभिषेक कुमार ठाकुर, उपसचिवमा बैजु यादव र अभिषेक यादव, कोषाध्यक्षमा राम ललित यादव चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा नितेश यादव, ललित यादव लगायत २५ जना रहेका छन्।
भेलामा विशिष्ट अतिथिका रूपमा जसपा नेपाल महोत्तरी जिल्ला अध्यक्ष राम नरेश यादव, जिल्ला सचिव महेश यादव, उपसचिव प्रगास साह, समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय उपाध्यक्ष आमिन राईन, जसपा महोत्तरी जिल्ला सदस्य सरोज अधिकारी र कौशल किशोर झा, समाजवादी युवा संघ नेपाल महोत्तरी जिल्ला अध्यक्ष सरोज यादव, समाजवादी विद्यार्थी युनियन नेपाल धनुषा जिल्ला अध्यक्ष राम भगत, जसपा पिपरा गाउँपालिका अध्यक्ष सम्भु प्रसाद यादव लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमले जिल्लामा संगठन विस्तार तथा सशक्त विद्यार्थी आन्दोलनको दिशामा सकारात्मक संकेत दिएको सहभागीहरूले बताएका छन्।
























