जनकपुरधाम कार्तिक ९ गते। लोक आस्था, विश्वास तथा प्रकृति पूजाका महापर्व छठको अवसरमा साडी वितरण गरिएको छ।
युवा समाजसेवी मनोज कुमार यादवको संयोजन तथा एम फाउन्डेसनको सहयोगमा हंसपुर नगरपालिका वार्ड नं ४ का गरिब तथा दलित महिलाहरुलाई लोक पर्व छठको अवसरमा साडी वितरण गरिएको छ।
स्थानीय युवा समाजसेवी मनोज कुमार यादवको संयोजन,सहयोग तथा सहकार्यमा प्रत्येक वर्ष मधुकरही गाउँका अति बिपन्न परिवारलाई सहयोग गर्दै आएको कुरा नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ काठमाडौंका वरिष्ठ उपाध्यक्ष समाजसेवी जगदीश साहले जानकारी दिए छन्।
सो अवसरमा नर्भिक अस्पताल काठमाडौंका निर्देशक मनोज धिताल,प्रदेश सांसद लखन दास, पुर्व नगर प्रमुख राम ज्ञान मंडल, उपप्रमुख दुर्गि देवी मंडल,नेकपा माओवादीका नेता सुनिल यादव, वार्ड अध्यक्ष लालबाबु यादव सहित को उपस्थित रहेको थियो।


























