काठमाडौं, — जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी बैठकले पार्टी निकट संगठन समाजवादी युवा संघकाे केन्द्रीय अध्यक्षमा मनीष यादवलाई चयन गरेको छ। पार्टीभित्र सक्रिय भूमिकासहित युवाहरूको नेतृत्व विकासमा योगदान दिँदै आएका यादव नयाँ कार्यकालका लागि सर्वसम्मत रूपमा चयन भएका हुन्।
अध्यक्षमा चयनपछि यादवले जिम्मेवारीलाई इमानदारिता र प्रतिबद्धतापूर्वक निर्वाह गर्ने दृढता व्यक्त गरेका छन्। पार्टीका नेतृ–कार्यकर्ताहरूले हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन्।
जसपाका अनुसार युवा संघलाई सुदृढ बनाउँदै संगठन विस्तार तथा युवा सहभागिता बढाउने उद्देश्यसहित नयाँ नेतृत्वको घोषणा गरिएको हो।
























