• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

पूर्वी नाकामा छैन सतर्कता, काेराेना भित्रिने जोखिम बढ्दो

२०७८ पुष २५, आईतवार १५:२४
पूर्वी नाकामा छैन सतर्कता, काेराेना भित्रिने जोखिम बढ्दो

झापा, भारतको बंगाल तथा विहार राज्यसँग जोडिएको भद्रपुर सीमा नाकाबाट कोरोना भाइरसको तेस्रो लहर फैलिने जोखिम बढेको छ।
भद्रपुर– ५ स्थित मेची पुलमा हेल्थ डेस्क स्थापना नहुँदा स्वदेश फर्किनेबाट तेस्रो लहर फैलिने जोखिम बढेको हो। सीमा नाकामा तैनाथ सशस्त्र र नेपाल प्रहरीले नाकाबाट आउजाउ गर्ने सर्वसाधारणलाई पिसिआर रिपोर्ट र डबल डोज खोप कार्डको आधारमा प्रवेश गर्न दिइरहेको छ।

भद्रपुर नगरपालिकाले सीमा नाकामा स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य उपकरणसहितको स्वास्थ्यकर्मी परिचालन नगर्दा जोखिम बढेको स्वयं स्थानीयबासीहरू बताउँछन्। पहिलो लहरको कोरोनापछि भद्रपुर सीमा नाका १९ महिना बन्द गरिएको थियो। गत असोज १५ गतेदेखि भद्रपुर नाका पुनः सञ्चालनमा आएको हो।बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्र भद्रपुर नाकाबाट आवतजावत गर्न समया तोकिएको छ। सीमा नाका सञ्चालन भएपछि नगरपालिकाले केही समयका लागि मात्रै एक जना स्वास्थ्यकर्मी खटाएको थियो। स्वास्थ्यकर्मी बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म मात्र बस्ने गर्थे। त्यो पनि सशस्त्र प्रहरी बसेको पोस्टमा।

स्वास्थ्यकर्मीको लागि छुट्टै हेल्थ पोस्टसमेत बनाइएको छैन। पछिल्लो समयमा छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिएसँगै नाका उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाउनु पर्ने हो। तर, यहिबेला नाकामा स्वास्थ्यकर्मी छैन। तैनाथ सुरक्षाकर्मीले बिना मास्क आवतजावतमा भने रोक लगाएको छ।

मास्क, खोप कार्ड र पिसिआर रिपोर्टले मात्र कोरोना छेक्दैन। त्यसका लागि सीमा नाकामा ज्वरो नाप्ने थर्मल गन, कोरोना परीक्षणको एन्टिजेन्ट किट, कोरोनाविरुद्धको खोपसहित स्वास्थ्यकर्मी परिचालन हुनुपर्छ।

सीमा नाकाबाट आउजाउ गर्ने सर्वसाधारणहरू अझै पनि बिना मास्क हिँडिरहेको बताउँदै वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक दलकुमार राईले भने, ‘अझै पनि मास्क लगाउनुस् भन्नु परेको छ, सर्वसाधारण जनतालाई कहिले चेतना आउँछ ?’ काँकडभिट्टा नाकामा कडाइसँगै भीडभाड बढ्न थालेपछि भारतीय नम्बर प्लेटका टुरिस्ट गाडी भद्रपुर नाकाबाट आउन थालेका छन्।

ती भारतीय गाडीमा आउने सर्वसाधारण बागडोगरा विमानस्थल र न्यु जलपाइगुडी रेल्वे स्टेसनबाट सोजै आउने गरेका छन्। ‘त्यहाँबाट आउने सर्वसाधारण भारतको कोरोना जोखिम क्षेत्रबाट आउन सक्छन्,’ प्रहरी निरीक्षक राईले भने, ‘उनीहरूलाई परीक्षण बिनै प्रवेश गर्न दिन बाध्य छौँ, सीमा नाकामै उनीहरूको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी नै खटाइएको छैन, स्थानीय पालिकासँग माग गरेपनि पठाएको छैन।’

ज्वरो नाप्ने थर्मल गन र कोरोना परीक्षणको एन्टिजेन्ट किटसहितको स्वास्थ्यकर्मी नहुँदा कोरोना फैलिने जोखिम नाकामा बढेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका प्रहरी निरीक्षक विभुराज दाहालले बताए।

यस नाकामा दुई स्थानमा पिसिआर रिपोर्ट र खोप कार्ड जाँच गरिन्छ। नेपालतर्फ सशस्त्र र नेपाल प्रहरीले र भारततर्फ एसएसबीले पिसिआर रिपोर्ट र खोप कार्ड जाँच गर्दै आइरहेको छ। सशस्त्र प्रहरी निरीक्षक दाहालले भने, ‘एसएसबीले जाँच गर्ने स्थानमा पनि स्वास्थ्यकर्मी छैन, यता पनि स्वास्थ्यकर्मी छैन।’ ‘स्वास्थ्यकर्मी हप्तामा एक÷दुई दिन आउने फेरि आउन छाड्छन्, यस बारेमा नगरपालिकालाई जानकारी गराइसकेका छौँ,’ उनले भने।

काँकडभिट्टामा पनि जोखिम उस्तै

काँकडभिट्टा नाका भएर आउने सर्वसाधारणमा कोरोना संक्रमण देखा पर्न थालेको छ। बुधबार सो नाका भएर भित्रिने एक जनामा संक्रमण पुष्टि भएकोमा बिहीबार र शुक्रबार सङ्क्रमितको सङ्ख्या बढेर १३ पुगेको छ।

बिहीबार ६ जना र शुक्रबार ७ जनामा कोरोना संक्रमण भेटिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले जानकारी दिए। नाकामै एन्टिजेन्ट किटबाट कोरोना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

भारतबाट नेपाल भित्रिने नेपालीहरूमा फेरि संक्रमण बढेको डिएसपी दाहालले बताए। नेपालीहरूको एन्टिजेन टेस्ट गर्नका लागि काँकडभिट्टा नाकामा हेल्थ हेल्प डेस्क स्थापना गरिएको छ।विगतमा नाकाको हेल्थ डेस्कमा ज्वरो नाप्ने थर्मल गन मात्र हुन्थ्यो। तर, अहिले कोरोना परीक्षणको एन्टिजेन्ट किट, कोरोनाविरुद्धको खोपसहितको स्वास्थ्य सामग्री डेस्कमा राखिएको छ। कोरोना खोप लगाएका नेपालीहरूको हकमा एन्टिजेन टेस्ट गराएर मात्र प्रवेश गर्न दिइएको उनले जानकारी दिए।

डबल डोज खोप कार्ड भएपछि नाकामा सहज आवतजावत भइरहेको छ। जसका कारण सीमा नजिकै भारतीय बजार पानीट्यांकीलगायतका ठाउँ पुगेर दैनिक उपभोग्य सामग्री खरिद गर्ने नेपालीहरूको भीड समेत बढेको छ।
उनीहरूकै कारण नाकामा जोखिम बढेको छ। दैनिक नाकामा एक हजार बढी नेपाल प्रवेश गर्छन्। तीमध्ये आधा दैनिक उपभोग्य सामग्री खरिद गरेर नेपाल फर्कने हुने गरेको उनले बताए।पार्थ मण्डल/

सम्बन्धित खवर

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले
‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न
प्रदेश विशेष

‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न

56 years पहिले

ताजा समाचार

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us