जनकपुरधाम,जेठ १२ गते । जसपा,नेपालका समाजवादी नेता प्रदेश सभा सदस्य रामअशिष यादवले दिव्यांङहरुको समस्यालाई समाधानका लागि राज्यले नीतिगत रुपमा यथाशीघ्र लागु गर्नुपर्ने कुरा बताउंनु भयो ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा आपांङ संघले आयोजना गरेकोे तिन दिने प्रदेश स्तरीय तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रमुख अतिथि समाजवादी नेता यादवले दिव्यांङहरुलाई आत्मनिर्भर का लागि आवश्यक पर्ने शीप ,तालिम का साथै हुविल चेयर,बैशाखी,छडि सहितका आवश्यक सामाग्री सहजै उपलब्ध गराउनु पर्ने कुरा बताउंनु भयो ।
उहाँले दिव्यांङको शारीरिक अवस्थाको स्वास्थ्य परिक्षण गरि वितरण गरिएको दिव्यांङ कार्ड अनुसार न्याय उचित सहयोग रकम बैंक खातामै नियमित रुपमा जानुपर्ने कुरामा जोड दिनुभयो ।
आपांङ संघ धनुषाका अध्यक्ष शत्रुधन लाल कर्णको अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा विज्ञ कृष्ण कुमाङ, आपांङ संघ प्रदेश अध्यक्ष किरण पासमान,जय प्रकाश ठाकुर ,शुशिल साह सहितका वक्ताहरूले विचार व्यक्त गरेका छन।
सो तिन दिनेश तालिममा प्रदेशका ८ वटा जिल्ला का फरक प्रकृतिका दिव्यांङहरुको सहभागिता रहेका छन।
























