शहिदनगर, यदुकूहा, असोज १९ गते। मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले श्री रामशरण पतंजलि योगदान साधना केन्द्र यदुकूहाको एक दिव्य समारोहबीच समुदघाटन गर्नुभएको छ।
सो अवसरमा सम्बोधन गर्दै प्रमुख अतिथि सभामुख यादवले दैनिक योग अभ्यासले शरीर स्वस्थ भैइ शान्ति र समृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।
श्री राम शरण पतंजलि योग साधना केन्द्र यदुकूहाका अध्यक्ष योगगुरु सुनिल साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय सांसद योगकुमार बरबरिया, योगगुरुहरु मनोहर साह, विमल पंडित,डा राम छबिलाल यादव सहितका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका छन्।
प्रमुख अतिथि सभामुख यादवले योगदान शिविरका लागि १० धुर जग्गा सहयोग गर्ने समाजसेवी सुरज साह र रामराजी देवीलाई सम्मान गरेका छन्।
सो कार्यक्रममा बौध्दिक नेता जयप्रकाश सुनरैत यादव, बौध्दिक नेता,पुर्व शिक्षक धनेश्वर यादव,समाजसेवी सत्यनारायण साह,रामलाल साह, विश्व हिन्दु परिषद् का अध्यक्ष ई संतोष साह, मनमोहन साह सहित स्थानीयबासी योग साधक र साधिकाहरुको उल्लेखनीय सहभागिता रहेको थियो।


तपाईको प्रतिक्रिया !