Advertisement

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग

न्युजडेस्क
२०८२ कार्तिक २४, सोमबार १५:१६

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश प्रमुख सावित्री सुवेदी भण्डारीलाई बर्खास्त गर्नुपर्ने बताएका छन् । प्रदेश प्रमुख भण्डारीले देशकै बदनाम गरेका कारण राष्ट्रपति र सरकारले हटाउनुपर्ने उनको तर्क छ ।

अध्यक्ष यादवले गैरराजनीतिक र छापामार शैलीमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै तत्काल हटाउनुपर्ने दाबी गरे । अध्यक्ष यादवले भने, ‘लुकेर, भागेर चिया पसलमा मुख्यमन्त्री नियुक्ति गर्ने पनि कहीँ हुन्छ ? कस्तो हास्पास्पद, लज्जास्पद काम गरेको ?’

यादवले एमालेका कारण देश नै बर्बाद भएको आरोप लगाएका छन् । उनले एमालेले प्रदेश प्रमुख र सभामुख मिलेर मधेशको सत्ता कब्जा गरेर शासन गर्ने सपना देखेको दाबी गरे ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर