Advertisement

धनुषा क्षेत्र २ ‘ख’ मा सयौंको संख्यामा जसपामा प्रवेश

न्युजडेस्क
२०७८ आश्विन ११, सोमबार २०:३१


जनकपुरधाम असोज ११ गते। धनुषा निर्वाचन क्षेत्र नं २ शहिदनगर नगरपालिकाको वडा नं ४ मा विभिन्न पार्टी परित्याग गरी सयौं को संख्यामा जसपा नेपाल मा प्रवेश गरेका छन्।

शहिदनगरको महुलियामा अायोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, ऐमाले र माअाेवादी पार्टी परित्याग गरी ३ सय ८२ जना जनता समाजवादी पार्टी नेपाल मा प्रवेश गरेका छन्।

नवप्रवेशीहरुलाई जनता समाजवादी पार्टी नेपालका का कार्यकारिणी सदस्य गजाधर यादव, प्रदेश सांसद रामअशिष यादव, प्रदेश सदस्य विजयकुमार भगत र जिल्ला अध्यक्ष पशुपति यादव ले अबिर गमछा ले स्वागत गरेका छन्।

सो अवसरमा बोल्दै प्रमुख अतिथि जसपा कार्यकारिणी सदस्य गजाधर यादव ले ‌मधेशी, दलित जनजाति पिछडावर्ग र आदिवासी जनजाति को हक हकअधिकारका लागि संघर्ष गर्ने पार्टी जसपा रहेको कुरा बताउनुभएको छ।

जसपा नगर अध्यक्ष दिनेश प्रसाद यादव को अध्यक्षता सम्पन्न पार्टी प्रवेश कार्यक्रम मा प्रदेश सांसद रामअशिष यादव, प्रदेश सदस्य विजयकुमार भगत, जिल्ला अध्यक्ष पशुपति यादव सहित वक्ताहरुले पार्टी का नीति सिद्धान्त र विचारधारा को बारेमा नवप्रवेशीहरुलाई जानकारी गराउनुभयो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर