Advertisement

राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त

न्युजडेस्क
२०७८ बैशाख १५, बुधबार १७:१५

काठमाडौं । राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बुधबार सूचना प्रकाशित गर्दै राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जानकारी दिएका हुन् ।

खड्का नेकपा माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशबाट निर्वाचित भएका थिए । नेकपा एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले कारबाही गरेपछि उनी पदमुक्त भएका हुन् ।खड्काले दल परित्याग गरेको भन्दै संसदीय दलका नेता दीनानाथ शर्माले उनको राष्ट्रिय सभा सदस्य पद रिक्त गर्न पत्र पठाएका थिए।

अर्घाखाँचीका खड्का हाल नेकपा एमाले प्रवेशसँगै केन्द्रीय सदस्य बनेका छन्। खड्काअघि गृहमन्त्री रामबहादुर थापालाई पनि माओवादी केन्द्रले कारबाही गरेको थियो।गृहमन्त्री थापाको ठाउँमा जेठ ६ गते चुनाव हुँदैछ। राष्ट्रिय सभा सदस्य रिक्त भएको ३५ दिनभित्र अर्को चुनाव गर्नुपर्ने प्रावधान रहेको छ

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर