जनकपुरधाम,श्रावण ३१ गते।
मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले समृद्ध समुदायले समाज बलियो हुन्छ र समृद्ध समाजले प्रदेश तथा देश बलियो हुने विश्वास व्यक्त गरेका छन्।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित रौनियार सेवा समितिको सपथग्रहण तथा पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सभामुख यादवले मानवीय सेवा तथा समाजिक कार्यमा रौनियार सेवा समितिको भूमिका सराहनीय रहेको कुरा बताउनुभएको छ।
उहाँले समाजिक संस्थाको प्रमुख कार्य समाजसेवा रहेको कुरामा जोड दिएका छन्।
रौनियार सेवा समिति जनकपुरधामका अध्यक्ष लालबाबु साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका संरक्षकद्वय शिवनाथ गुप्ता, समाजसेवी ई चन्देश्वर प्रसाद रौनियार, समाजसेवी अनिल भाईजी, निर्वाचन समितिका प्रमुख श्रवणकुमार साह,नेपाली कांग्रेसका धनुषाका उपसभापति गणेश झा,कानु समाज का अध्यक्ष राजकुमार साह सहितका वक्ताहरुले रौनियार सेवा समिति को योगदान सम्बन्धमा विचार व्यक्त गरेका छन्।













