जनकपुरधाम, कार्तिक ६ गते। मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले सफल कृषक बौएलाल मंडलको कृषि फार्मलाई स्थल निरिक्षण गर्नुभएको छ।
धनुषा शहिदनगर नगरपालिका वार्ड नं ६ हठिपुरमा संचालनमा रहेको मंडल कृषि तथा पशु फार्मको स्थलगत निरीक्षण गरि देशको मेरुदण्ड किसानको प्रोत्साहन गर्नुभएको छ।
२०५० साल देखि व्यवसायिक तरकारी खेती र पशुपालन गर्दै आएका सफल कृषक बौऐलाल मंडलले तरकारी खेतीबाट आम्दानी गरि छोरा,छोरी,भतिजा र भतिजीलाई मेडिकल,सिए, ईन्जिनियरिङ् सहित उच्च शिक्षा समेत अध्ययन गराई रहेका छन्।
हठिपुर गाउँको पश्चिम दिशामा ३ बिघा जमिनमा संचालित कृषि फार्ममा कोवी,भण्टा,खुर्सानी,साग, सलगम र मुला सहित तरकारी रोपि वर्षेनी १२ देखि १५ लाख रुपैयाँ आम्दानी भैरहेको कुरा सफल कृषक बौएलाल मंडलले जानकारी दिएका छन्।
सभामुख यादवसंग मधेश प्रदेश पशुपंक्षी तथा मत्स्य विभागका निर्देशक जागेश्वर यादव, कृषि अर्थ विज्ञ डा राजेश साह सहितका कृषि विज्ञ टोली कृषि फार्मलाई स्थल निरिक्षण गरिएको छ।
सभामुख यादवले सफल कृषक मंडललाई सम्मान गरि व्यवसायिक तरकारी खेती गर्न प्रोत्साहन गरेका छन्।


तपाईको प्रतिक्रिया !