Advertisement
☰

सिनियर टिम लाई हराउदै लगातार दोस्रो पटक जुनियर टिम बिजेता को उपाधि हात पार्न सफल।

न्युजडेस्क
२०७७ मंसिर १३, शनिबार २०:०९

परवानीपुर बारा, मंसिर १३ गते

२०७६ साल देखि सरस्वती युवा स्पोर्ट कल्ब द्धारा सुरूवात गरिएको ” सिनियर vs जुनियर कप” परवानीपुर स्थित वडका फिल्ड मा भव्यता का साथ सम्पन्न भएको छ।

जुनियर टिमले टस जिति पहिला फिल्डिङ गर्ने निर्णय गर्यो। र सिनियर टिमले बल्लेबाजी गर्दै ९ बिकेट को नोक्सानी मा १०० रन बनाउन सफल भयो भने लक्ष्य को पछाडि गर्दै ९ विकेट को नोक्सानी मा जुनियर टिम ले जित हात पार्न सफल भयो।

सिनियर टिम को तर्फबाट बलराम सर्राफ ले सबै भन्दा बढि ४१ रन बनाए भने जुनियर टिम बाट नितेश यादव ले बढि रन बनाई म्याच जिताउन सफल भए।

उक्त खेलको सुरूवात खेलका प्रमुख अतिथि भौतिक पूर्वाधार मन्त्रि माननीय जितेन्द्र सोनल ज्युले ब्याटिङ र परवानीपुर गाउँपालिका का मेयर हरिनारायण साहले बलिङ्ग गरि गरे।

उक्त खेलमा प्रमुख अतिथि को रुपमा प्रदेश सभाका भौतिक पूर्वाधार मन्त्रि जितेन्द्र सोनल थिए, भने अन्य अतिथी वर्गमा परवानीपुर गाउँपालिका का मेयर हरिनारायण साह, वडा ३ का अध्यक्ष अनिल राम, वडा २ का अध्यक्ष इश्री ज्यु, परवानीपुर गाउँपालिका का नेपाली कांग्रेस का संयोजक पुन्यदेव यादव, योगेन्द्र साह र असलम लगायत का व्यक्ति हरूको सहभागिता थियो।

सिनियर टिमको क्याप्टेन सर्वेश यादव थिए भने जुनियर टिम क्याप्टेन राहुल सर्राफ थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर