Advertisement
☰

प्रदेश २ का जनताको अनुहारमा खुशियाली ल्याउछौंः मन्त्री सोनल

न्युजडेस्क
२०७७ आश्विन १५, बिहीबार १९:२३

हरेक वर्ष बाढीले वस्ती डुबानको उच्च जोखिम रहने सप्तरीको बिहुल बलान नदी नियन्त्रण तथा रोकथामकालागि प्रदेश २ सरकारले चासो देखाएको छ ।

\बिहीवार सो नदी निरक्षणलागि पुगेका प्रदेश २ का भौतिक पुर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश सरकारसँग भएको सिमित श्रोतसाधनको प्रयोग गरि बाढीको उच्च जोखिममा रहेका जनताको जिवन र जिविकोपार्जन बचाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘नदी नियन्त्रणकालािग मैले डिभिजनल इन्जिनियरलाई निर्देशन दिइसकेको छु । खेतीयोग्य जमिन र जिवन समेत बचाउने हामी आफ्नो तर्फबाट सम्पुर्ण प्रयास गर्नेछौँ,’ उनले भने ।

वस्ती डुबानको जोखिम रहेका तर संघीय सरकारले बेबारिसे छोडेका बलान बाहेकका नदी समेत प्रदेश सरकारले नियन्त्रण गर्न र प्राकृतिक स्रोत बचाउन प्रयास गरिरहेको मन्त्री सोनलले दावी गरे ।

नदी निरिक्षणमा मन्त्री सोनलसँगै संघीया सांसद रेणु यादव , राष्ट्रिय सभा सदस्य मिर्गेन्द्र सिंह यादव , प्रदेशसभासदस्य अभिषेक यादव समेत नदी निरिक्षणकालागि पुगको थिए ।

यसअघि संघीय सांसद रेणु यादवको उपस्थितिमा प्रदेश सभा सदस्य अभिषेक यादव र गाउँपालिका अध्यक्ष दयानन्द गोइतले नदीमा बाध निर्माणको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर