• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

डा.बाबुराम भट्टराई द्वारा ९ अर्ब को आरोपित तिन नेतृत्व।

२०७७ आश्विन २४, शनिबार १९:३६

पूर्व प्रधानमन्त्री डा.बाबुराम भटृराईले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड र शेरबहादुर देउवालाई इंगित गर्दै लगाइएको झण्डै नौ अर्बको भ्रष्टाचारको आरोपले सबैको लागि सनसनीपूर्ण समाचार बनेको छ । सप्रमाण दाबी गर्दै पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिबाट लगाइएको आरोप हलुका रुपमा लिनुले विषयवस्तुको गाम्भीर्यतालाई मनन गर्न नसकेको जस्तो लाग्दछ । आरोपित सबै मौन छन । हुन त सबै जसो भ्रष्टाचारका विषयहरु नेपालीहरुका लागि सामान्य लाग्न थालेको छ । सबै प्रकारका भ्रष्टाचार अरबौंको फिगरमा बाहिर आउने भएकोले फिगरको महत्व पनि त्यति देखिंदैन ।

सत्तामा रहने पात्रहरुलाई भ्रष्टाचारसँग जोडेर गरिने प्रचार नयाँ पनि होइन । तर पूर्व प्रधानमन्त्री डा.बाबुराम भटृराईको भनाईलाई महत्व दिने कि नदिने भन्ने सवाल चाहीं प्रमुख हो । आपूmलाई चर्चामा राख्नको निमित्त ताण्डव वक्तव्यबाजी गरि राख्ने प्रवृत्ति डा. भटृराईमा देखिन्छ । पटक पटक क्यान्टोनमेण्टको हिसाब नमिलेको भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डसँग छुटिृनुको कारण बताउने भटृराई नेकपा बन्ने ताका पार्टी एकता प्रक्रियामा समेत सहभागी भएका थिए । उनले खोजेका केही कुराहरु नेताहरुले हुन्छ भनिदिएको भए यतिखेर डा.भटृराई नेकपा भित्र कै गोटी बनिरहेका हुन्थे सायद ।

भागबण्डा नमिलेसँगै पार्टी एकताबाट उछिटिृएका डा.भटृराईको यतिबेलाको राजनीतिक उचाइ सबैले देख्न लायकको छ । आपूm प्रधानमन्त्री हुँदाको हवाला दिंदै लान्छित नौ अर्बको भ्रष्टाचारको प्रमाणसहितको कथा वाचन गरिरहँदा उनलाई, सप्रमाण सम्बन्धित निकायमा जनताले थाहा पाउने गरी दर्जनौ मिडियाका क्यामेराहरुको अगाडि कारबाहीको निमित्त आवेदन गर्न केले रोक्यो होला ? आफ्नो वरिपरिको सानो झुण्डका अगाडि नेतृत्वलाई निकम्मा बनाउनको निमित्त प्रयोग भइरहेको प्रमाणसहितको भ्रष्टाचारको कथालाई यत्रो वर्षसम्म छुपाउने व्यक्तिको रुपमा स्वयंम रहेसँगै उनलाई पनि भ्रष्टाचारी देख्नुपर्ने हो कि होइन ।

भ्रष्टाचार गर्ने र थाहा पाए पनि गोप्य राख्ने दुबैथरि भ्रष्टाचारी हुन कि होइनन् ? अपराधि र अपराध छुपाउने दुबै व्यक्ति अपराधि हो कि होइन ? कुनै पनि अपराधको घटना राजनीतिक मोलमोलाईको विषय बन्नु हुन्छ कि हुन्न ? यत्रो ठूलो भ्रष्टाचारको प्रमाण हातमा बोकेर उनकै भाषामा भ्रष्टाचारी भनिएको नेताको पार्टीको समर्थनमा सांसद बन्नु पर्दा राजनीतिक पीडाबोध भएको होला कि नहोला ? कि डा.भटृराईलाई भ्रष्टाचारबारे छानबिन गर्ने निकाय के के हो भन्ने पनि थाहा नभएकै होला त ? एक मिडियाले आपूm अनुकुल समाचार सम्प्रेषण गरेन भन्दै मिडिया विरुद्ध फाइल बोकेर विभिन्न निकायहरुको ढोका ढकढकाउन सक्ने नेताले राज्यको भ्रष्टाचारको प्रमाण बोकेर निदाएर बस्नु आफंैमा अपराधिक कार्य बाहेक केही होइन ।

त्यसो त डा.भटृराईको विचारलाई राजनैतिक भन्नेहरु नेपालमा धेरै छैनन् । जाति, जनजातिसँग जोडिदै आउने उनका विचारहरु विषय र सन्दर्भसँग मेल खाने प्रकारका पनि छैनन् । केही समय अगाडि नेपालको प्रदेशहरुको नामाकरणको कुरा चल्दा भारतको पञ्जाव, बंगाल र तामिलनाडुको उदाहरण दिंदै त्यहाँ जस्तै जातजातिको नाउँमा नामाकरण गर्न सुझाउने उनको भनाई हेर्दा ति भारतीय प्रान्तहरुको नामाकरण भनी भनिएको नामहरु त्यहांको जातियतासँग सम्बन्धित छैन भन्ने कुरा समेत डा. भटृराईलाई बोध रहेनछ ।

जातियतालाई उचालेर अस्थिरता सृजना गर्नेतर्फ अग्रसर विचार राजनीतिक हुन सक्ने कुरै भएन । त्यसैले कसैले वास्ता पनि गरेन । तर भ्रष्टाचारको विषय सम्वेदनशील हो । प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड र देउवाले गम्भीर हुनुपर्ने विषय पनि हो । सरकारकै सक्रियतामा यसको जवाफ जनताले पाउनु पर्छ । डा. भटृराईसँग भएको प्रमाण तत्काल सार्वजनिक हुनुपर्छ । यस्ता विषयहरुमा हलुका रुपमा लिने प्रवृत्तिले जनतामा नैराश्यता सृजना हुन जान्छ ।

यदि डा.भटृराईले प्रमाण पेश गर्न नसकेमा अफवाह फैलाउने काम गरेकोप्रति डा. भटृराईलाई कारबाही हुनुपर्छ । नेतृत्वलाई निकम्मा देख्दैमा पनि समस्याको समाधान हुँदैन । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्ने आँट सबैमा हुनुपर्छ । १७ हजार मान्छेलाई बली चढाएपछि पार्टीले अंगिकार गरेको सिद्धान्त नै ठिक थिएन भन्दै पलायन हुने राजनीतिकर्मीहरुको नैतिक परीक्षण पनि हुनुपर्छ ।

सम्बन्धित खवर

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

56 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

56 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

56 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

56 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

56 years पहिले
सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव
प्रदेश विशेष

सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव

56 years पहिले

ताजा समाचार

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

56 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

56 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

56 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

56 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech