पूर्व प्रधानमन्त्री डा.बाबुराम भटृराईले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड र शेरबहादुर देउवालाई इंगित गर्दै लगाइएको झण्डै नौ अर्बको भ्रष्टाचारको आरोपले सबैको लागि सनसनीपूर्ण समाचार बनेको छ । सप्रमाण दाबी गर्दै पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिबाट लगाइएको आरोप हलुका रुपमा लिनुले विषयवस्तुको गाम्भीर्यतालाई मनन गर्न नसकेको जस्तो लाग्दछ । आरोपित सबै मौन छन । हुन त सबै जसो भ्रष्टाचारका विषयहरु नेपालीहरुका लागि सामान्य लाग्न थालेको छ । सबै प्रकारका भ्रष्टाचार अरबौंको फिगरमा बाहिर आउने भएकोले फिगरको महत्व पनि त्यति देखिंदैन ।
सत्तामा रहने पात्रहरुलाई भ्रष्टाचारसँग जोडेर गरिने प्रचार नयाँ पनि होइन । तर पूर्व प्रधानमन्त्री डा.बाबुराम भटृराईको भनाईलाई महत्व दिने कि नदिने भन्ने सवाल चाहीं प्रमुख हो । आपूmलाई चर्चामा राख्नको निमित्त ताण्डव वक्तव्यबाजी गरि राख्ने प्रवृत्ति डा. भटृराईमा देखिन्छ । पटक पटक क्यान्टोनमेण्टको हिसाब नमिलेको भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डसँग छुटिृनुको कारण बताउने भटृराई नेकपा बन्ने ताका पार्टी एकता प्रक्रियामा समेत सहभागी भएका थिए । उनले खोजेका केही कुराहरु नेताहरुले हुन्छ भनिदिएको भए यतिखेर डा.भटृराई नेकपा भित्र कै गोटी बनिरहेका हुन्थे सायद ।
भागबण्डा नमिलेसँगै पार्टी एकताबाट उछिटिृएका डा.भटृराईको यतिबेलाको राजनीतिक उचाइ सबैले देख्न लायकको छ । आपूm प्रधानमन्त्री हुँदाको हवाला दिंदै लान्छित नौ अर्बको भ्रष्टाचारको प्रमाणसहितको कथा वाचन गरिरहँदा उनलाई, सप्रमाण सम्बन्धित निकायमा जनताले थाहा पाउने गरी दर्जनौ मिडियाका क्यामेराहरुको अगाडि कारबाहीको निमित्त आवेदन गर्न केले रोक्यो होला ? आफ्नो वरिपरिको सानो झुण्डका अगाडि नेतृत्वलाई निकम्मा बनाउनको निमित्त प्रयोग भइरहेको प्रमाणसहितको भ्रष्टाचारको कथालाई यत्रो वर्षसम्म छुपाउने व्यक्तिको रुपमा स्वयंम रहेसँगै उनलाई पनि भ्रष्टाचारी देख्नुपर्ने हो कि होइन ।
भ्रष्टाचार गर्ने र थाहा पाए पनि गोप्य राख्ने दुबैथरि भ्रष्टाचारी हुन कि होइनन् ? अपराधि र अपराध छुपाउने दुबै व्यक्ति अपराधि हो कि होइन ? कुनै पनि अपराधको घटना राजनीतिक मोलमोलाईको विषय बन्नु हुन्छ कि हुन्न ? यत्रो ठूलो भ्रष्टाचारको प्रमाण हातमा बोकेर उनकै भाषामा भ्रष्टाचारी भनिएको नेताको पार्टीको समर्थनमा सांसद बन्नु पर्दा राजनीतिक पीडाबोध भएको होला कि नहोला ? कि डा.भटृराईलाई भ्रष्टाचारबारे छानबिन गर्ने निकाय के के हो भन्ने पनि थाहा नभएकै होला त ? एक मिडियाले आपूm अनुकुल समाचार सम्प्रेषण गरेन भन्दै मिडिया विरुद्ध फाइल बोकेर विभिन्न निकायहरुको ढोका ढकढकाउन सक्ने नेताले राज्यको भ्रष्टाचारको प्रमाण बोकेर निदाएर बस्नु आफंैमा अपराधिक कार्य बाहेक केही होइन ।
त्यसो त डा.भटृराईको विचारलाई राजनैतिक भन्नेहरु नेपालमा धेरै छैनन् । जाति, जनजातिसँग जोडिदै आउने उनका विचारहरु विषय र सन्दर्भसँग मेल खाने प्रकारका पनि छैनन् । केही समय अगाडि नेपालको प्रदेशहरुको नामाकरणको कुरा चल्दा भारतको पञ्जाव, बंगाल र तामिलनाडुको उदाहरण दिंदै त्यहाँ जस्तै जातजातिको नाउँमा नामाकरण गर्न सुझाउने उनको भनाई हेर्दा ति भारतीय प्रान्तहरुको नामाकरण भनी भनिएको नामहरु त्यहांको जातियतासँग सम्बन्धित छैन भन्ने कुरा समेत डा. भटृराईलाई बोध रहेनछ ।
जातियतालाई उचालेर अस्थिरता सृजना गर्नेतर्फ अग्रसर विचार राजनीतिक हुन सक्ने कुरै भएन । त्यसैले कसैले वास्ता पनि गरेन । तर भ्रष्टाचारको विषय सम्वेदनशील हो । प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड र देउवाले गम्भीर हुनुपर्ने विषय पनि हो । सरकारकै सक्रियतामा यसको जवाफ जनताले पाउनु पर्छ । डा. भटृराईसँग भएको प्रमाण तत्काल सार्वजनिक हुनुपर्छ । यस्ता विषयहरुमा हलुका रुपमा लिने प्रवृत्तिले जनतामा नैराश्यता सृजना हुन जान्छ ।
यदि डा.भटृराईले प्रमाण पेश गर्न नसकेमा अफवाह फैलाउने काम गरेकोप्रति डा. भटृराईलाई कारबाही हुनुपर्छ । नेतृत्वलाई निकम्मा देख्दैमा पनि समस्याको समाधान हुँदैन । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्ने आँट सबैमा हुनुपर्छ । १७ हजार मान्छेलाई बली चढाएपछि पार्टीले अंगिकार गरेको सिद्धान्त नै ठिक थिएन भन्दै पलायन हुने राजनीतिकर्मीहरुको नैतिक परीक्षण पनि हुनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्