Advertisement
☰

जनकपुर जिरोमाई मा एक महिला मृत फेला

न्युजडेस्क
२०७७ मंसिर ११, बिहीबार १४:३६

जनकपुरधाम उपमहानगरपालिका ७ बेलाकुटीमा कोठा भाडा लिएर बस्दै आएकी महिला बिहीबार मध्यान्ह मृत फेला परेको धनुषा प्रहरीले जनाएको छ।

मृत महिलाको नाम रेखा रहेको र थप विवरण खुल्न नसकेको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्रकुमार मिश्रले जानकारी दिए । अन्दाजी २३ वर्षीया महिला श्रीमानसँगै बस्दै आएकी थिइन् । तर, उनी मृत फेला परेको अवस्थामा उनका श्रीमान फेला नपरेको स्थानीयलाई उदृत गर्दै प्रबक्ता मिश्रले बताए । प्रहरी अहिले घट्नास्थलमा रहेको बताउँदै उनले प्रक्रिया पूरा गरेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिने बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर