Advertisement

मधेस प्रदेशका सांसद एवम् पुर्व राज्यमन्त्री कुशवाहाद्वरा PCC सडक निर्माणको शिलान्यास

न्युजडेस्क
२०८१ फाल्गुन २६, सोमबार १६:३९

महोत्तरी, फाल्गुन २६ गते। मधेस प्रदेशका सांसद र पूर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाद्वारा रामगोपालपुर नगरपालिका वडा नं. ७, सहसौला (महोत्तरी) मा PCC सडक निर्माणको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।

यस कार्यक्रममा जसपा नेपालका वडा संयोजक सत्यनारायण चौधरी, समिउल्लाह अंसारी, नागरिक समाजका सदस्यहरू, युवा वर्ग र अन्य स्थानिय नेतागणहरूको उपस्थितिमा समारोह आयोजना गरिएको थियो।

सडक निर्माणको शिलान्याससँगै क्षेत्रका जनतामा समृद्धि र विकासको नयाँ अवसरको उद्घाटन भएको विश्वास व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर