जनकपुरधाम असोज ७ गते।संस्कृति संरक्षण अभियन्ता ,प्रदेश सांसद रामअशिष यादव र प्रदेश नं २का प्रमुख सचिव हरिप्रसाद मैनालीले देवभूमि जनकपुरधामको मुजेलियामा निर्माणधिन मिथिला वाटिका को स्थलगत निरीक्षण गरेका छन्।
ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र जनकपुरधामको तत्कालीन प्रमुख राजयोगिनी स्व गंगा माताको परिकल्पनामा २०६६ साल वैशाख १ गते मा सुरु गरिएको मिथिला वाटिकाको निर्माण कार्य अन्तिम चरणमा रहेको कुरा ब्रम्हाकुमार जगदीश भाईले जानकारी दिनुभयो।
जनकपुरधामको प्रवेश द्वार मुजेलियामा अवस्थित मिथिला वाटिका परिषर भित्र पर्यटकहरुलाई आकर्षित गर्ने तपस्याधाम, म्युजियम, प्रशिक्षण सभाकक्ष, अतिथि विश्राम भवन र कमल पोखरी सहितका पर्यटकीय महत्वका कार्यहरूको निर्माण भएको कुरा जगदीश भाईले जानकारी दिनुभयो।
नविन समाज रुपान्तरण, ब्रम्हाकुमारी र ब्रम्हाकुमार भाई बहिनीहरुलाई प्रशिक्षण र पर्यटकीयस्थल को रुपमा विकास गर्न उद्देश्यले मिथिला वाटिका को निर्माण गरिएको छ। अध्यात्मिक उडानलाई निरन्तरता दिदैं ब्रम्हाकुमारी राजयोग ईश्वरीय विश्व विद्यालयको रुपमा पनि भारत, नेपाल सहित विश्वको १ सय ४७ देश मा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र संचालन रहेको छ।
प्रदेश सांसद यादवको संगै निरिक्षणको क्रममा युएनडिपीका स्थानीय शासन विज्ञ अर्जुन कुमार कुसबाहा,ई संतोष कुमार ठाकुरको पनि सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्