Advertisement
☰

डन दाउदका सहयोगी अब्दुल २४ वर्षपछि पक्राउ

न्युजडेस्क
२०७७ पुष १५, बुधबार १८:०६

भारतको आतंकवाद नियन्त्रण संगठन गुजरात एटीएसले मोस्ट वान्टेड दाउद इब्राहिमको नजिक मानिने अब्दुल माजिद कुट्टीलाई पक्राउ गरेको छ । २४ वर्षदेखि फरार रहेका अब्दुललाई झारखण्डबाट नियन्त्रणमा लिइएको हो ।

उनको पक्राउसँगै दाउदसँग सम्बन्धित तथ्यहरु खुल्ने प्रहरीले जनाएको छ । अब्दुल केरलाका हुन् । उनी १९९६ मा १०६ पिस्तोल, ७५० गोली र लगभग ४ किलोग्राम आरडीएक्स जम्मा गरेको अपराधमा सहभागी थिए ।

गुजरात र मुम्बईमा हमलाका लागि उक्त हतियार जम्मा गरिएको एटीएसका अधिकारीले जनाएका छन् । उक्त अपराधमा संलग्न अन्य आरोपी पक्राउ परे पनि उनी भने वर्षौंदेखि फरार थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर