Advertisement
☰

जनकपुरमा श्री एयरलायन्सले साँझको उडान रद्द यात्रु अलपत्र

न्युजडेस्क
२०७७ पुष २६, आईतवार २२:०१

जनकपुरधामबाट उडान गर्ने श्री एयरलायन्सले अन्तिम समयमा आएर उडान रद्द गर्दा दर्जनौँ यात्री जनकपुरधाम विमानस्थलमा अलपत्र परेका छन्। 

एयरलायन्सले आईतबार साँझ ५ बजे गर्ने उडान अन्तिम समयमा आएर रद्द गर्दा ४० जना भन्दा बढी हवाई यात्रु अलपत्र परेका हुन्।

साँझ ५ बजेको उडानका लागि दिउँसो १ बजेदेखि नै विमानस्थल आईपुगे पनि एयरलायन्सले तोकिएको समयभन्दा करिब डेढ घण्टा पछि मात्रै उडान रद्द भएको जानकारी गराएको यात्री सरोज यादव ले जानकारी गराएका छ्न।

बिमानस्थल्मा दर्जनौँ यात्री अलपत्र अवस्थामा बसिरहेका छौँ, त्यसमा महिला यात्रुहरु पनि हुनुहुन्छ,’ उनले भने, ‘आज उडान नहुने कुरा सुरूमै जानकारी गराईदिएको भए हामीले अर्को फ्लाईट वा कुनै अरु विकल्प रोज्थ्यौँ होला। तर दिउँसो १ बजेदेखि बसेका यात्रु्लाई उडान गर्ने समयभन्दा करिब डेढ घण्टा ढिलो अर्थात् साढे ६ बजेतिर मात्रै जानकारी गराईयो उडान रद्द भयो भनेर, यो सरासर गलत हो, लापरवाही हो।’ 

सुविधाका लागि उडान रोजे पनि सुविधाभन्दा पनि आफूहरूलाई द्विविधामा पारिदिएको यात्रीहरुको भनाई छ।  

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर