Advertisement
☰

वीरगन्ज: ५ लाख मूल्य बराबरको सामान बरामद

न्युजडेस्क
२०७७ पुष २९, बुधबार १५:१६

वीरगञ्ज । सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भित्र्याइएको करिब ५ लाख मूल्य बराबरको सामान बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका– १५ बसपार्क र वडा नम्बर २५ सिर्सिया खाल्वाटोला क्षेत्रबाट सामान बरामद गरेको हो ।

भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा किराना सामान, माछा, लसुन, प्याज, जुत्ता चप्पल तथा सामान ल्याउन प्रयोग गरिएको ना १९ प ८०१३ नम्बरको मोटरसाइकल समेत बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साले जनाएको छ ।

कार्यालयबाट खटिएको गाडीसहितको मोबाइल गस्ती टोलीले बरामद गरेको सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर