Advertisement

प्रदेश सांसद यादवद्वारा सडक शिलान्यास

न्युजडेस्क
२०७९ चैत्र २८, मंगलवार १५:३४

जनकपुरधाम,चैत्र २८ गते । जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले पक्की सडकको शिलान्यास गर्नुभयो ।
सो अवसरमा बोल्दै विकास प्रेमि नेता प्रदेश सांसद यादवले समृद्धि का लागि ग्रामीण सडक पुर्वाधार को विकास अति अावश्यक रहेको कुरा बताउंनु भयो ।
मधेस प्रदेश सरकार को सहयोग बाट धनुषा निर्वाचन क्षेत्र नं २ अन्तरर्गत अौरही गाउँ पालिकाको पोखरभिरा गाउँमा २० लाख रुपैयाँको लागतमा सो पक्की सडकको निर्माण कार्य सुरु गरिएको छ।
अौरही गाउँ पालिका वार्ड नं ६ का वार्ड अध्यक्ष शंकर प्रसाद साहको अध्यक्ष्ातामा सम्पन्न शिलान्यास कार्यक्रममा जसपा नगर अध्यक्ष कमलदेव मंडल,वार्ड नं ५ का वार्ड अध्यक्ष सरोज मंडल,जसपा युवा नेता जय प्रकाश मंडल,राजकिसोर सहनी सहित स्थानीयबासीहरु को सहभागिता रहेका छन।
दुई वर्ष अघि प्रदेश सांसद यादवको संसदीय कोषबाट जन्ती व्यवस्थापन सहित अन्य समाजिक कार्यका लागि पोखरभिरा गाउँमा सामुदायिक भवनको निर्माण गरिएको कुरा वार्ड अध्यक्ष शंकर प्रसाद साहले जानकारी दिएका छन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर