सप्तरी नबिन यादव
मङ्सिर-२७ शनिबार
राजविराज
लैन्स क्लब राजविराजले आज शनिबार तिलाठी कोइलाडी गाउँपालिकाको बाढी पीडित परिवारलाई राहत बितरण गरेका छ्न।
लायन्स क्लब राजविराज सप्तरीको संयोजनमा तिलाठी कोइलाडी गाउँपालिका वडा न-१ बेल्ही टोलका एक सय बाढी पीडित परिवारलाई चामल,सोयाबिन,खाने तेल ,बिस्कुट,चियापत्ती र दाल बितरण गरेका हुन।
उक्त टोलका राय,यादव र मुस्लिम समुदायका बाढीबाट प्रभावित पीडित परिवारलाई राहत बितरण गरेको छ ।राहत स्वरुप १५ केजी चामल, पाँच सय ग्राम सोयाबिन,खाने तेल एक लिटर,चियापत्ती पाँच सय ग्राम ,चिनी एक केजी,दाल दुई केजी र बिस्कुट दुई बटा बितरण गरेको हो।
राहत बितरण कार्यक्रमको अध्यक्षता शैलेन्द्र मोहन झाले गर्नुभएको थियो भने प्रमुख आतिथ्य जसपा नेता तथा प्रदेश सभा सदस्य मनिष सुमनले गर्नुभयो त्यसै गरि विशिष्ट अतिथि रबिन्द्र दास तथा डा.बिकासचन्द्र झा,बिजय यादव,दिपेन्द्र चौधरी,करुणा झाको अतिथिमा कार्यक्रम भएको थियो।
प्रतिक्रिया दिनुहोस्