• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

माघी पर्व देशभर धुमधामले मनाइदै

२०७७ माघ १, बिहीबार १३:५५

जनकपुरधाम  । माघी पर्वलाई धार्मिक र वैज्ञानिक हिसावले महत्वपूर्ण मानिन्छ । नेपालमा विभिन्न जातजातीहरुले आ–आफ्नै रितीरिवाज अनुसार माघी पर्व धुमधामसंग राष्ट्रिय पर्वको रुपमा मनाइनेगरेको पाईन्छ ।

माघी पर्वलाई मकर स्नान, घिउ चाकु तथा तिला संक्रान्ति पर्वको रुपमा पनि मानिन्छ । थारु समुदायको लागि यो पर्व स्वतन्त्रता र नयाँ वर्षको रुपमा मान्ने गरेको हुनाले माघी संक्रान्ति र थारुहरु बिच विषेश सम्बन्ध रहेको पाईन्छ । माघी पर्वमा सुर्य देवताको पूजा गरिन्छ ।

यो पर्व हरेक वर्ष माघ १ गते मनाइन्छ । माघी र संक्रान्ति शव्दको अर्थ केलाउने हो भने माघ महिनाको पहिलो दिनलाई संक्रान्ति भनिन्छ । संक्रान्ति शब्द संस्कृतबाट आएको हो जसको अर्थ सूर्य धन राशीबाट मकर राशीमा प्रवेश गरेको भन्ने धार्मिक विश्वास छ । धार्मिक विश्वास अनुसार माघ १ गतेको दिनदेखि सूर्य दक्षिणाय अर्थात दक्षिण तिर जान वन्द गरी उत्तर दिशातिर आउन शुरु गर्छ ।

यहि दिनदेखि जाडो हुनेक्रम घट्दै जान्छ र दिनको समय विस्तारै बढ्दै जान्छ भने रातको समय कम हुदै जान्छ । यसरी माघ १ गतेको दिनलाई सूर्य देवताको दिशा परिवर्तन र वैज्ञानिक हिसाबले समय परिवर्तन भएको दिनको रुपमा माघी संक्रान्ति मनाइन्छ ।
यस पर्वको दिन पवित्र नदीमा स्नान गरि खासगरी यस्तो नदी जोडिएको ठाउँ जहाँ तीनवटा नदी एकैठाउँमा मिसिएको हुन्छ जसलाई त्रिवेणी भनिन्छ ।

धार्मिक आस्थाले विस्वास गरिएको त्रिवेणी नदीहरुमा स्नान गरी पवित्र हुनेगर्दछ । पवित्र स्नानको लागि आन्तरिक मात्र नभएर बाह्य पर्यटकहरु पनि आउने गर्दछ । उदयपुरको कटारी र सिन्धुलीको सिमाना खोक्सामा १५ दिनसम्म मेला लाग्ने गरेको छ । पूर्व नवलपरारी र चितवन भएर वग्ने नारायणी नदीको देवघाट, झापाको कंकाई नदी, बराह क्षेत्र नेपालमा मकर स्नानको लागि पवित्र मानिन्छ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका अन्तरगत विसनपुर नजिकै वरुवा, लुहाले र त्रियुगा नदी मिसिएको ठाउँमा माघी पर्वको ठूलो मेला तथा स्नान गर्न भक्तजनहरुको भीड हुन्छ ।नेपालको तराई तथा भित्री मधेशमा बसोवास गर्ने थारुहरुको संख्या नेपालको जनगणा २०११ अनुसार कुल जनसंख्याको ६.६ प्रतिशत अर्थात १७ लाख ३७ हजार ४७० रहेको छ । थारु जाती तराईको भूमिपूत्र र मलेरीया पचाएको वर्षौदेखि वसोबास गर्दै आएको आदिवासी जनजाती हो ।

नेपालमा टुक्रे राज्य हुँदादेखिनै थारुहरुको बासोबास रहेको थियो । त्यस समयमा थारुहरुसँग प्रसस्त जग्गा जमिन थियो । पश्चिमका राज्यहरुमा कमैया प्रथा थियो । लिच्छिवी काल, मल्ल कालको शासनदेखि नै सशर्त वा जवरजस्ती श्रमिकहरु राख्ने प्रचलन थियो । त्यस्ता लेवर अर्थात श्रमिकहरुलाई र्फोस्ट लेवर वा बाउण्ड लेवर भनिन्थ्यो । तीनै लेवरहरु विकसित हुँदै पश्चिमका थारुहरुमा कमैया प्रथाको विकास भयो । कमैया प्रथाबाट धेरै थारुहरु पिडित भए ।

तराईमा मलैरिया उन्मुलन पश्चात थारुहरुसंग भएका प्रसस्त जग्गा जमिन थियो तर ति जग्गा जमिनहरुको आधिकारिक कागजातहरु राख्दैनथे । राज्यलाई धेरै कर वुझाउनुपर्छ भन्ने वहानामा वा चेतनाको कमीले हो या आफ्नो अधिनमा भएको जग्गा जमिनलाई कागजात राख्न नसक्नु वा प्रमाण नजुटाउनु कमजोरी भएको हुन सक्छ तर भोग चलन गरिरहन्थे ।

बसाई सराई गरेर आएका टाठाबाठाहरुको समुह तथा राजनीतिक पहुच भएका व्यक्तिहरुले ती सोझासाझ थारुहरुको जमिन विभिन्न पहुँचको भरमा थारुको जग्गा आफ्नो नाममा लिदै गए र थारुहरुमा गरिवी र कमैया प्रथा बढ्दै गयो । (नेपाल केस स्टडी वोन्डेड लेवर) परम्परागत मान्यता अनुसार माघ १ गतेको दिन थारुहरुले १ वर्षको लागि योजना बनाई वार्षिक रुपमा जिम्मेवारी वाँडफाँड गर्ने चलर रहेको थियो । यस दिनलाई दास युगबाट स्वतन्त्र भएको दिनको रुपमा पनि मनाइन्छ ।

दास युगमा नेतृत्वको विरुद्धमा वोल्न पनि पाउदैनथे तर तिनीहरु स्वतन्त्र हुन चाहन्थे । हाल नेपालसरकाबाट दास प्रथाको अन्त्य भईसकेको छ र थारुहरुले माघीलाई स्वतन्त्रता र नयाँ बर्षको रुपमा धुमधामसंग मनाइने गर्दछ । माघी पर्वमा पारिवारिक जमघट हुने गर्दछ । आपसी सरसल्लाह, सदभाव तथा रमाइलो गर्ने गर्दछ । घर वरिपरी सफा गर्ने, तोरीको तेल पेल्ने घरमै मुरही भुटने र मुरही, तील, भुजा, मकै, वज्रा र चिउराको लड्ढु गुँडपाक बनाई लड्ढु बनाइन्छ साथै तिल खीचरी भात र तीलको लड्ढुलाई विशेषरुपमा खाइन्छ । तीलले शरिरमा ताप पैदा गर्छ भन्ने वैज्ञानिक मान्यता रहेको छ ।

यस दिन खसी, बँगुर, घुङही, सितवा, हाँस, कुखुरा र गंगटाको परिकार खाने चलन छ । छोरी चेलीलाई कोशेलीको रुपमा पठाइने पनि चलन रहेको छ । यस दिन आफ्नै भेषभुषा र पहिरणमा सजिएर सामूहिक परम्पारागत नाचगान गरी महोत्सव मनाउने गर्दछ । यो पर्व नेपालमा राष्ट्रिय पर्वको रुपमा मनाईन्छ । साथै यो पर्वको आफ्नै ऐतिहासिक महत्व रहेको पाईन्छ ।

सम्बन्धित खवर

प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले

ताजा समाचार

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech