Advertisement
☰

जनकपुरधाम उद्योग वाणिज्य संघको उपाध्यक्षमा साहद्वारा उम्मेदबारी घोषणा

न्युजडेस्क
२०७७ फाल्गुन १५, शनिबार १९:२७

धनुषा / फाल्गुन १५ गते जनकपुरधाम उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अम्भु प्रसाद साहले उम्मेदवारी दिने पत्रकार समेलन गरी घोषणा गरेका छन् ।

शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि शिवम ट्रेडर्सका सञ्चालक समेत रहेका साहले आगामी चैत २८ गते हुने संघको निर्वाचनमा उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

साहले पत्रकार सम्मेलनमा उनले आफू सबैजना उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘व्यवसायी समृद्ध भए मात्र देश समृद्ध हुन्छ ।

पत्रकार समेलन बिच साहले भने कुनै पनि संस्था या संगठनको नेतृत्व गर्नु भनेको आशा र भरोसाको सम्बाहक बन्नु हो र मैले पनि मेरा सहकर्मी, सहृदयी सबैजना उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

धनुषा जिल्लाका सम्पूर्ण उद्योगी व्यापारी तथा व्यवसायीहरुको हकहितको संरक्षण तथा सम्बद्र्धन गर्दै राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्याउन आफूले भूमिका निर्वाह गर्ने उनले बताए । उनले निजी क्षेत्रका समस्या समाधान गर्न व्यापार संघलाई अझ बलियो र सबल बनाउन आफूले अब आउने अध्यक्षसँग काँधमा काँध मिलाएर अगाडि बढ्नेलगायतका २० बुँदे घोषणापत्र समेत सार्वजनिक गरेका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर