चैत-१२ / राजविराज
सप्तरी जिल्लाको प्रख्यात श्री लक्ष्मी बल्भ नरसिंह बहुमुखी क्याम्पसले बिएड दोस्रो वर्षका परिक्षार्थीहरुलाई पाँच सय शुल्क लिएर “रिपोर्ट राइटिङ्”कपि बितरण गरिएको रहस्य विद्यार्थीले खोलेका छ्न।
तिलाठी कोइलाडी गाउँपालिकामा रहेको सो क्याम्पसले मेथड अफ टिचिङ पोपुलेसन विषयमा बिएड दोस्रो वर्षका विद्यार्थीहरुका लागि “रिपोर्ट राइटिङ”तयार गरि पाँच सय रुपैयाँ उठाएर बितरण गरिएको विद्यार्थीले रहस्य खुलेका हुन।
कम्प्युटर फाँटमा “नेपालमा परिवार नियोजन स्वास्थ्य शिक्षा सम्बन्धि देखिएको अवस्था” शिर्षकमा १३देखी १४ पेजको रिपोर्ट राइटिङ तयार पारेर प्रत्येक
परिक्षार्थीहरु बाट पाँच सयको दरले रकम असुली गरि बितरण गरिएको क्यापस श्रोतले बताउनुभयो।कम्प्युटर फाँटमा अमोद झा सहित अरबिन्द्र कर्मचारीले रिपोर्ट राइटिङ को कपि तयार परिरहे थियो ।
ती विद्यार्थीहरु सर्टिफिकेट लिएर अध्यापन गर्न जानुपर्छ ।परिवार नियोजन स्वास्थ्य शिक्षाको अवस्थाबारे आफै रिपोर्ट राइटिङ तयार पार्न नसक्ने विद्यार्थीले भोलि कस्तो विद्यार्थी उत्पादन गर्न सकिन्छ ?यसरी रकमको प्रलोभनमा परेर क्याम्पस प्रशासनले यस्तो गैरजिम्मेवारीपूर्ण कार्यले कस्तो शिक्षक उत्पादन गर्लान??











