वीरगञ्ज, २३ मंसिर । कृषि ज्ञान केन्द्र पर्साको आयोजनामा ३ दिने युवा लक्षित शिप विकास क्षमता अभिवृद्धि व्यावसायिक च्याउ, तरकारी तथा फलफूल खेती तालिम बिहिवार सम्पन्न भएको छ ।
निम्न आय भएका किसानहरुलाई व्यावसायिक तरकारी खेती गरेर आत्मनिर्भर बनाउन आर्थिक स्तरमा पनि सुधार ल्याउन सकिने र विदेश पलायन हुने युवाहरुलाई स्वदेश मै आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको कृषि ज्ञान केन्द्र वीरगंजका नि. प्रमुख मुनिलाल प्रसादले बताए । ३ दिन सम्म चलेको तालिममा कृषि सम्बन्धी आवश्यक ज्ञान र सीप सिकेर त्यसलाई व्यवहारमा लागू गर्न समेत तालिमका सहभागीहरुलाई व्यवहारमा ल्याई जिविको पार्जनको रुपमा यस शिपलाई अगाडी बढाउन उनले आग्रह गरे । नेपालका अधिकांश नागरिक कृषिमा नै आत्मनिर्भर रहेकाले किसानलाई व्यावसायिक तरकारी खेतीमा आकर्षित गर्न यस्ता तालिमहरुको भविष्यमा पनि गराउने प्रमुख मुनिलालले बताए ।
तालिममा सहभागिहरुलाई आवशयक च्याउ खेती गर्न बिऊ, पलास्टि, किताब सहित प्रमाणपत्र बाडिएको थियो। कृषि ज्ञान केन्द्रको प्रमुख मुन्नीलालको अध्यक्षतामा भएको कार्यक्रममा गणेश मिश्रले सहजिकरण तथा प्रशिक्षण गरेका थिए । जुन तालिममा पर्सा जिल्लाका १४ वटै पालिकाबाट किसानहरुको सहभागिता रहेको थयो ।
























