Advertisement

सोनिगामा जडीबुटी अंतरक्रिया तथा जड़ी बूटी वितरण कार्यक्रम सप्पन्न

न्युजडेस्क
२०७८ आश्विन ७, बिहीबार ०६:२१

जनकपुरधाम, असोज ७ गते / धनुषाको हंसपुर नगरपालिका वाडा न ६ सोनिगमा मा एक घर पांच योग र पांच जड़ी-बूटी अभियान सम्बन्धी अंतरक्रिया तथा जड़ी बूटी वितरण कार्यक्रम सप्पन्न भएका छ्न।

कार्यक्रम हंसपुर नगरपालिका वाडा ५ वाडा अध्यक्ष मथुरा चौधरीको अध्यक्षता र हंसपुर नगरपालिका का युवा मेयर राम ज्ञान मण्डल को प्रमुख अतिथि, आयुर्वेद शाखा प्रमुख राम छविला यादव को उधोष मा कार्यक्रम सुरु गरेका थिए । कार्यक्रममा नगरपवनस्पति अनुसंधान केंद्र धनुषाको प्रमुख ताहिर हुसैन, स्वास्थ्य निर्देशनालाको आयुर्वेद शाखा प्रमुख डा राम बाबू साह, धनुषा जिला भरिका आयुर्वेद शाखा प्रमुख प्रमुखहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएका थिए।

कार्यक्रम को उदेश्य प्रत्येक घरमा पाँच जड़ीबूटी गुरजो ,तुलसी,घिऊ कुमारी ,पुदीना,असुरो लगाउन एवं त्यसको घरेलू चिकित्सा मा प्रयोग गर्ने त्यस्तै पाँच योग सबै घरका ब्यक्तिले स्वस्थ जीवन का लागि भस्त्रिका प्राणायाम ,कपालभाती प्राणायाम ,अनुलोम प्राणायाम ,उज्जयाई प्राणायाम र भरमारी प्राणायाम हुने शाखा प्रमुख राम छविला यादव ले जानकारी गराएका थिए।

सो क्रममा कार्यक्रममा हंसपुर नगरपालिका का मेयर रामज्ञान मण्डल, वाडबाट अध्यक्ष मथुरा चौधरी, वाड नो ६ का वडा ७ का अध्यक्ष रामश्वक मण्डल,  वाड नं. ३ का उदय सिंह, वडा १ उदयश साह , वाड नं. ९ नरेश मण्डल, वाड नं. २ कामेश्वर कायर, सम्पूर्ण कार्यपालिका सदस्य को उपस्थिमा र जिला भरिका आयुर्वेद संस्थाका प्रमुखहरु, स्थानीय  तथा जनप्रतिनिधिहरुको सहभागिता थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर