• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

थारू समूदायको महान पर्व “जितिया पावैन”को नालीबेली पढ्नुहोस्..

२०७७ भाद्र २६, शुक्रबार १०:११


द प्रदेश टाइम्स / जनकपुरधाम जितिया (पावैन) पर्व चन्द्रमासमा पर्ने ब्रत हो । यो पर्व हरेक बर्ष आश्विन महिनाको कृष्णपक्षको सप्तमी र नवमी तिथि सम्म तिन दिन सभ्य र भव्यताका साथ मनाइने ठुलो कष्टप्रद ब्रत हो । यो नितान्ता कठिन पर्व हो। यो पर्व महिला दिदि, बहिनीहरुले मनाइने पर्व हो ।
जितियाको शाब्दिक अर्थ संस्कृति “जिवित्पुत्रिका” हिन्दि भाषामा “जिउतिया” तथा गाउघरमा स्थानीय भाषामा “जितिया” भन्ने गरिन्छ ।

जितिया पर्वको विशेषता ः–

प्रथमतः जितिया (पावैन) पर्व विवाहित महिलाहरुले माइतिघरमा आएर व्रत लिने गर्दछन । यो पर्वमा दिदि, भाई दाजु बहिनीको अपार माया, ममता र स्नेहको तथा आमा–बुवा सँगको दुःख–सुख साट्ने तथा भला कुसारी गर्ने अवशरको रुपमा लिइन्छ ।

दोस्रोः महिलाले जसले सन्तान प्राप्त गर्न सकेको छैन, त्यसले सन्तान पाउनका लागि जितिया ब्रत बस्ने गर्दछन । साथै जुन महिला दिदि, बहिनीहरुले आफ्ना पतिपरमेश्वर र सन्तानको शरिर स्वस्थय, दीर्घायु र जीवन सुखमय बनाउनको लागि भगवान सुर्यनारायण पुत्र “जिमुतवाहन” संग बरदानका लागि कष्ट ब्रत बस्ने गरेको पाइन्छ।

तेस्रोः– हिन्दुधर्मवलमीहरुले गर्ने कुलपुजा, मुर्तिपुजा, विभिन्न तिथि मितिमा हुने चाड पर्वमा गरिने पुजा पुरुषले गर्दै आएको पाइन्छ । तर जितिया पर्वमा पुजा गर्ने महिला हुन्छन । किनकि “जितिया” को कथा वाचन गर्ने ब्यक्ति पुरुष भएपनि कथाको भाव अनुसार बेला–बेलामा पुजा गर्ने महिलाहरु नै हुन्छन ।

चोथोः– जितिया ब्रतमा महिलाहरुमा गच्छेअनुसारको गरगहना तथा पोशाक परिहन मा सहभागी हुन आँउदा एउटा जातिय पहिचान गराउनुको साथै आफ्नो परम्परागत संस्कृती झल्कनुको संरक्षण र प्रबद्र्धन पनि हुन जान्छ ।

पाँचौः– जितिया पर्व अति संवेदनशिल पर्व हो । यो पर्वमा नवविवाहित महिलाले सुइद(सुद्धीकरण) नलागुञ्जेल जितिया ब्रत लागु(उठान)गर्न पाउदैन। सुइद लाग्नु को अर्थ– खरोदिन(शनिवारको दिन) स्नान गरेर विधि विधान अनुसार शुरु गर्नु हो । त्यस्तै आइतबारका दिन उपवास (निराहार ब्रत) बस्नु र सोमबार विधि अनुसार पारन (समापन) गर्नु हो ।

छैठौः–जितिया ब्रतले मृत्युवरण गरेका पितृहरुको उद्धार गर्ने कार्य पनि जनाउँदछ, किनकी जितिया पर्वको तिथि सोह्र, श्राद्ध अन्र्तगत पर्दछ । जुन सोह्र श्राद्ध अन्य समुदायले गर्ने गरेको पाइन्छ । यो जितिया पर्व मेची देखी माहाकाली सम्म थारु समुदायको बासोबास भएको जिल्लाहरुमा मनाइने गर्दछ । यो पर्व आदिवासी थारु लगाएर मिथिला, मधेसी समुदायका महिलारु पनी आ–आफ्ना तरिकाले मनाउने गरेको पाइन्छ ।

जितिया पर्वको विधि विधानको संक्षिप्त वर्णन ः

पहिलो दिन ः लहाई(लाही) ः– यो दिन ब्रतालु महिला दिदिबहिनीहरुले विहान सबेरै उठेर आँगन गाईको गोवरले लिप्दछन । त्यसपछि घिरौलाको पातमा, पिना कमेरो माटो, घिरौलाको फुल लिइ नदि, कुँवा, इनार, पोखरी, टयुवेलमा गई सुर्य भगवानलाई चढाएर पीना र कमेरो माटो ले कपाल माझने, धुने र नुहाउने काम गर्दछन । त्यसपछि मिठा खानेकुरा खाएर मठ–मन्दिर तिर घुम्न जान्छन,रमाइलो गर्छन ।

त्यही राती, रातको १२ बजे पश्चात माछा,दुध,दही र अन्य परिकारहरुको पकवान तयार गर्दछन । केटाकेटीहरु मस्त निदाईहरेको बेलामा ब्रतालुले अघाउँजी खान्छन । खाना खाइरहेको बेला कुनै पनि चरा चुरुङ्गी वा केटा केटीहरुको अवाज (सुनिनु) आउनु हुदैन । कसैको घरमा ब्रतालु भोजन गरिहरेको बेला कतै नानी रोएको वा अन्य पशुपन्क्षीको अवाज सुनियो भनिे यथासिघ्र भोजन ग्रहण गर्न बन्द गर्नु पर्छ । यो समयको भोजन लाई थारु भषामा “ओठघन” भनिन्छ । यसै प्रसङ्गमा एउटा थारु कहावत छ ः– “जितिया पावैन वर भारी, धिया–पुताके ठोइक सतावे अपना लेल्क भोइर थारी”।

दास्रोदिन अर्थात अष्टमी तिथिको दिन ब्रतालु महिला, दिदि–बहिनीहरुले निराहार भई उपवास बस्ने गर्दछन । सोही दिन सबै ब्रतालुहरुले एउटा पोखरीमा खनाउँदछन । विधिवत रुपमा पोखरीमा पानी गरिन्छन, त्यसको चारैतिर ब्रतालुहरु आ–आफ्नो आसन बनाएर बसेका हुन्छन । अव जितमहानको कथावाचन सुरु हुन्छ सबै ब्रतालु महिलाहरु ब्रतका समाग्रिहरु आ–आफ्नो जिम्मा राखेका हुन्छन । कथाको प्रसङ्ग अनुसार विच बीचमा पुजा गर्नु भनि कथावाचकले सङ्केत गरेपछि सबैले आ–आफ्नो स्थानमा पुजा गर्दछन । एवम् प्रकारले कथा प्रवचन नसकञ्जेल कथाको प्रसङ्ग अनुसार पुजा गरिरहनु पर्दछ ।

संक्षेपमा कथासार प्रस्तुुत गर्न चाहन्छु “एक किंवदन्ती अनुसार प्राचिन कालमा एक सारीवाहन नामक राजाको छोरी “मसवासी” उ विवाहै नगरीकन कुमारी अवस्थामै गर्भधारण गरेर सन्तान जन्माइन, त्यो बच्चो तीक्ष्ण बुद्धि र बलशाली भए, उ संग कुनै केटाकेटीहरु कुनै पनि काम कुराहरुमा जित्न सक्दैनथ्यो । त्यसलैले उसको नाम “जितुवा” राखिएको थियो”

तेस्रो दिन नवमी तिथिको दिनलाई “पारन” अर्थात ब्रत समापन भएको दिन भन्ने बुझाउदछ । उक्त दिन विहान स्नान गरी “पारन” को लागि विधिवत रुपमा पुजा सामग्रिहरु तयारी अवस्थामा राखेको हुन्छन । जसमा जितियाका फुल (वानस्पतिक फुल), वौटरा(दानादार) सिन्दु, कुश सिक्की(वानस्पतिक झार,विषकर्कलाको पातर(विष मान कच्चु), दहि, च्युरा, घिरौलाको पात, पानको पात, केरा, धुप अगरवती आदि चिज बस्तुहरु रहन्छन । त्यसपछि ब्रतालु महिला दिदि बहिनीहरुले आँगनमा गाइको गोबरले लिपेको ठाँउमा सिन्दुरले धर्काहरु तानेर त्यसमा घिरौलाको पातका दही च्यूरा, केरा, जितियाको फुल, घिरौला फुल वाटरा जस्ता सामग्री चढाइछ धुप बलिन्छ । अर्ध चढाएसकेपछि त्यसपछि ब्रतालुले पाँच ओटा वौटराको दाना र पाँच ओटा चामल लाई ग्रहण गरी पानी खाएर ब्रत समापन गर्दछन ।

सम्बन्धित खवर

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

56 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

56 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

56 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

56 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

56 years पहिले
सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव
प्रदेश विशेष

सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव

56 years पहिले

ताजा समाचार

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

56 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

56 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

56 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

56 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech