द प्रदेश टाइम्स / जनकपुरधाम : २०७२ साल असोज ३ गतेका संविधान मधेस विरोधी भएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले आज सप्तरी मा विरोध प्रदर्शन गरेको छ । साथै कालो दिवस मनाइएको छ्न।
सप्तरी मा बाट हजारौं को संख्यामा रहेका नेता तथा कार्यकर्ताले विरोध र्याली निकालेको हो । जुलुसमा समाजवादी बिद्यार्थी युनियन केन्द्रिय बरिस्ठ उपाध्यक्ष रमेश यादव को नेतृत्व मा निस्के को जुलुस मा जसपा का नेता तथा कार्यकर्ताहरु सहभागी छन् ।
प्रदर्शनकारीहरुले केपी ओली चाहिदैन, मधेस विरोधी संविधान स्वीकार्न सकिदैन, संविधान संशोधन गर जस्ता नारा लगाएका छन् । विरोध र्याली सप्तरी को विभिन्न भागमा परिक्रमा पश्चात पुन सप्तरी मा कोणसभा गरेका छन ।
नेपाली काँग्रेस, तत्कालिन नेकपा एमाले र माओवादीले बहुमतको दम्भ देखाएर ०७२ असोज ३ मा मधेस विरोधी संविधान जारी गरे । सोही वर्षदेखि मधेसी दल तथा जनता असोज ३ लाई कालो दिनको रुपमा मनाउदै आएको छ । मधेसभर आज साँझ ब्लाक आउट गरिने जसपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्