Advertisement

लागुऔषधसहित दुईजना पक्राउ

न्युजडेस्क
२०८० मंसिर १८, सोमबार १९:५६

कैलाली । कैलालीमा लागुऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन् ।

सोमबार जिल्लाको गोदावरी नगरपालिका–१ बरपिपल गल्लीबाट स्थानीय २९ वर्षिय प्रहलाद खत्री र सोही ठाउँका २५ को विकास कट्टेल पक्राउ परेका हुन ।उनीहरूको साथबाट ५ ग्राम २५० मिली ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गणेश बरालले जानकारी दिए ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनीहरूको साथबाट लागुऔषध फेला परेको उनले बताए । दुवै जनालाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान थालेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर