पशुपति अन्नपूर्ण आश्रमका सञ्चालक पक्राउ
ललितपुर । पशुपति अन्नपूर्ण आश्रमका सञ्चालक जगदीशलाल वैद्य जवर्जस्ती करणीको अभियोगमा पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरले वैद्यलाई पक्राउ गरेको हो।
वैद्यले आश्रमकै एक कर्मचारीलाई जवर्जस्ती करणी गरेको उजुरी महानगरीय प्रहरी परिसर काठमाडौंमा परेको थियो ।
उजुरीको आधारमा खोजी भइरहेको बेला उनी ललितपुर क्षेत्रमा रहेको जानकारी पाएपछि महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको एसएसपी टेकप्रसाद राईले बताए ।
उनका अनुसार, आवश्यक कारवाहीका लागि आज नै वैद्यलाई काठमाडौं प्रहरीलाई बुझाइने छ ।
तपाईको प्रतिक्रिया !