Advertisement
☰

छोरीलाई बलात्कार आरोपमा एक व्यक्ति पक्राउ

न्युजडेस्क
२०७७ माघ १५, बिहीबार २१:११

जनकपुरधाम १५ माघ । काठमाडौंमा आफ्नै छोरीलाई कुटपिट गर्दै बलात्कार गरेको आरोपमा जनकपुरधामबाट एक व्यक्ति पक्राउ परेका छन् ।

गत माघ १३ गते आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडा बस्ने एक व्यक्तिलाई बिहीबार जनकपुरधामको रमानन्द चोकबाट पक्राउ गरिएको छ । धनुषाको कमला नगरपालिका ५ स्थायी घर भएका उनले छोरीलाई कुटपिट गर्दै बलात्कार गरेर फरार भएको भन्दै बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त बौद्धमा निवेदन दिएकी थिइन् ।

वृत्तले उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार गरेको आधारमा खोजतलास गरिएको थियो । खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गरी प्रहरी वृत्त काठमाडौं पठाइएको धनुषा प्रहरीका प्रबक्ता मकेन्द्र मिश्रले बताए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर