Advertisement

सुगा मधुरहीमा क्रिकेट प्रतियोगिता

न्युजडेस्क
२०८० बैशाख १५, शुक्रबार १६:०५


जनकपुरधाम,बैशाख १५ गते । जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले स्वस्थ समाज निर्माणका लागि खेलकुदको विकास हुनु पर्ने कुरा बताउंनु भयो ।


धनुषा निर्वाचन क्षेत्र नं २, हंशपुर नगरपालिकाको सुगा मधुकरही गाउँमा अायोजित क्रिकेट प्रतियोगिताको समुदघाटन गर्ने क्रममा प्रमुख अतिथि प्रदेश सांसद यादवले खेलाडी प्रदेश र देशको गौरव रहेको कारण खेलाडीको सम्मान हुनुपर्ने कुरामा जोड दिनुभयो ।


सुगा मधुकरही युवा कल्वका अध्यक्ष ध्रुब यादवको अध्यक्ष्ातामा भएको उदघाटन सत्रमा हंशपुर नगरपालिका वार्ड नं ४ का वार्ड अध्यक्ष लालबाबु यादव,जसपा हंशपुर नगरपालिका नगरप्रमुख पदका प्रत्यासी देवकृष्ण मंडल,नेपाल विधुत प्राधिकरण कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष जगदीश साह,समाजवादी विधार्थी संघका केन्द्रीय महासचिव विकास यादव ,समाजवादी युवा संघका जिल्ला अध्यक्ष दिपेन्द्र कापडि,जय मंडल सहितका वक्ताहरूले खेल र खेलाडी को विकास तथा संरक्षण सम्बन्धमा विचार व्यक्त गरेका छन।


नयाँ वर्षको शुभ अवसरमा अाज देखि १५ दिन सम्म संचालित सो क्रिकेट प्रतियोगितामा धनुषा जिल्लाका ३० वटा क्रिकेट टीमको सहभागिता रहेका छन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर