Advertisement

योजना चिठीको बिक्रीबारे मधेश सरकारको छानबिन समिति गठन हुने

न्युजडेस्क
२०८१ चैत्र २२, शुक्रबार १४:४३

जनकपुरधाम, चैत २१ गते ।मधेश सरकारको योजना खरिदविक्री बारे छानविन समिति गठन हुने भएको छ ।

प्रदेशसभामा जारी गतिरोध अन्त्य गर्न दलहरूबीच छानविन समिति गठनसहित तीन बुँदे सहमति जुटेको छ ।
आज बिहान प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले योजना चिठीको अनधिकृत बिक्री र वितरण सम्बन्धी विषयमा संसदीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।
साथै, उक्त योजनाबारे सम्बन्धित मन्त्रीले सदनमा जवाफ दिने र प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा सम्बोधन गर्ने सहमति पनि भएको छ। सभामुख रामचन्द्र मण्डलले तीन बुँदे सहमतिपछि सदन सुचारु हुने जानकारी दिएका छन् ।

चैत २६ गते प्रधानमन्त्री ओलीले संवोधन गर्ने छन् भने २७ गतेको बैठकमा सम्बन्धित मन्त्रीले जवाफ दिने र संसदीय छानविन समिति गठन गरिने छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर