Advertisement

नवनियुक्त मन्त्री रामसहाय यादवकाे वीरगंजमा स्वागत

न्युजडेस्क
२०७८ आश्विन २७, बुधबार २२:३८

वीरगंज । संघीय सरकारका नवनियुक्त वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव बुधबार गृह जिल्ला बारा आएका छन् । असोज २२ गते शुक्रबार भएको मन्त्री परिषद बिस्तारमा बारा निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य एवं जसपा नेपालका माहासचिव मा. रामसहाय प्रसाद यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका थिए ।

वन तथा वातावरण मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक उनी गृह जिल्ला बारा आएका हुन् । मन्त्री यादव बुधबार बिहान ११:३० बजे वीरगंजस्थित बहुवरी चौकमा पुगेपछि पर्सा र बाराका जसपाका नेता तथा कार्यकर्ताहरुले स्वागत तथा बधाई दिएकाे जसपाका युवा नेता शिव कुमार साहले बताए ।

जसपा नेपालका केन्द्रिय सदस्य फिरोज मसूर, प्रदेश कमिटी सदस्य गौरीशंकर साह, सलाउदिन अहम्द, महाराज यादव, प्रदेश सभा सदस्य सिंघासन साह कलवार, पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, बारा जिल्ला अध्यक्ष अजय पटेल, युवा नेता शिव कुमार साह, क्षेत्र नं. २ अध्यक्ष कामेश पन्डित लगायत जसपाका नेता तथा कर्याकर्ताले स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।कालिका टाईम्सबाट

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर