Advertisement

मुख्यमन्त्री राउतको अगुवाईमा जनकपुरमा दुई दिन वृहत सरसफाई हुने

न्युजडेस्क
२०७८ मंसिर १६, बिहीबार ११:४३

जनकपुरधाम, मंसिर १६ गते । विवाह पंचमी महोत्सवलाई दृष्टिगत गर्दै मुख्यमन्त्री लालबाबु राउतको अगुवाईमा जनकपुरधाममा दुई दिन सरसफाई हुने भएको छ ।

मुख्यमन्त्री राउतको अध्यक्षतामा बुधवार सम्पन्न सुरक्षा निकाय तथा सरोकारवाला निकायहरुको बैठकले जनकपुरधाममा वृहत सरसफाई अभियान चलाउने निर्णय गरेको थियो ।
निर्णय अनुसार मंसिर १७ र १९ गते बारह विग्घा रंगभूमि मैदान बाट शुरु हुने सरसफाई अभियान शहर भरि संचालन गरिने छ ।

सुरक्षा निकायहरुको सहभागितामा हुने सरसफाई कार्यक्रममा सहभागी भई अभियानलाई सहयोग गर्न मुख्यमन्त्री राउतले यस क्षेत्रका सम्पूर्ण संघ संस्था, युवा विद्यार्थी एवं पेशाकर्मीहरुलाई आग्रह समेत गर्नु भएको छ ।

प्रदेश २ को धरोहरकै रुपमा रहेको विवाह पंचमी महोत्सवलाई उल्लासमय बनाउन सबै क्षेत्र वर्गलाई आ–आफनो स्तरबाट सहयोग गर्न समेत मुख्यमन्त्री राउतले अपील गर्नु भएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर