Advertisement
☰

तराई मधेशको विभिन्न जिल्लामा एकाएक जाडो

न्युजडेस्क
२०७७ मंसिर ३, बुधबार १०:२१

जनकपुरधाम। धनुषासहित देशभरी आज मौसम बदली भएसँगै चिसो बढेको छ । आज बिहानैदेखि मौसममा आएको बदलीका कारण चिसो बढेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ ।मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज महोत्तरीको न्यूनतम तापक्रम १४ दशमलव ५ र अधिकतम तापक्रम २९ दशमलव ३ डिग्री सेल्सियस छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३२ दशमलव ७ डिग्री सेल्सियस छ ।

पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । राति देशभर आंशिकदेखि सामान्य बदली हुनेछ ।

यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर