Advertisement

गोली हानी हत्या गरिएको अवस्थामा युवकको शव

न्युजडेस्क
२०७८ चैत्र २४, बिहीबार ०७:४८


धनुषा , धनुषामा एक युवकको हत्या गरेको अवस्थामा शव फेला भएको छ ।

धनुषाको हंसपुर नगरपालिका वडा नम्बर ७ स्थित गहुँ खेतमा स्थानीय १८ वर्षीय विजय महराको शव बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले मृतक महराको बायाँ तर्फको निधारमा गोली प्रहार भएको देखिएको छ भने पछाडि ढाडमा दुई पटक चक्कुले प्रहार गरी गहुँ खेतमा फालिएको अवस्थामा शव बरामद भएको हो । प्रहरी प्रवक्ता बस्नेतले प्रारम्भिक अनुसन्धानबाट महराको हत्या नै भएको देखिएको बताए ।

उनले शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको बताए । सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर