Advertisement
☰

कोरोना भाइरस संक्रमणबाट विश्वभर ६८ लाख बढी निको, ५ लाख ४५ हजार बढीको मृत्यु

द प्रदेश टाइम्स
२०७७ असार २४, बुधबार १०:१७

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट  विश्वभर ६८ लाख बढी निको भएका छन् । यस्तै ५ लाख ४५ हजार ६५२ जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोना भाइरसको संक्रमणबाट १ करोड १९ लाख ४८ हजार १८१ जना संक्रमित भएका छन् ।

बुधबार बिहान यो समाचार तयार पार्दासम्म २ लाख ७ हजार ७५२ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९४ हजार ५४८ जनाको मृत्यु भएको छ ।

२५ लाख ४ हजार ६७५ जना संक्रमित भएकोमा १४ लाख ५१ हजार ३३५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७८ हजार ६२४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३६ लाख २७ हजार २५४ पुगेको छ । त्यसमध्ये १६ लाख ४७ हजार ५४० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ६४ हजार ४४२ जनाको मृत्यु भएको छ । २६ लाख ८० हजार २६८ जना संक्रमित भएकोमा १८ लाख २१ हजार ४९२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ९६ हजार ७७५ जनाको मृत्यु भएको छ । २६ लाख १३ हजार ६१३ जना संक्रमित भएकोमा १६ लाख ७१ हजार १८८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १२ हजार १५ जनाको ज्यान गएको छ भने ५ लाख ११ हजार ११७ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ४७ हजार ७३० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२८ जनाको मृत्यु भएको छ । १० हजार ५३१ जना संक्रमित भएकोमा ९ हजार ८४ जना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर