Advertisement

समाजवादी विद्यार्थी युनियन लक्ष्मिनिया पालिका अध्यक्षमा ललित यादव चयन

न्युजडेस्क
२०७९ श्रावण २०, शुक्रबार २१:००

जनकपुरधाम, साउन २० गते। समाजवादी विद्यार्थी युनियनका लक्ष्मिनिया गाउँपालिका अध्यक्षमा ललित यादव सर्व सहमतिले चयन भएको छ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियन धनुषा जिल्ला अध्यक्ष सुनिलकुमार मण्डलको अध्यक्षता तथा जसपा नेपालका नगरअध्यक्ष लालबाबु यादवको प्रमुख आतिथ्यमा लक्ष्मीनिया गाउँपालिकाको अध्यक्षमा ललित यादवको नेतृत्वमा २१ सदस्यीय समिति चयन भएको हो।

धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर-६ स्थित लक्ष्मीनिया माईस्थान मन्दिरको प्राङ्गणमा लक्ष्मीनिया गाउँपालिकाका नगर सम्पूर्ण क्याम्पस तथा कलेजहरुको विद्यार्थीहरुको भेलाबाट नगर स्तरीय समितिका उपाध्यक्षमा स्वजीवन यादव, सचिवमा दिपेन्द्र दास, सहसचिवमा मिथलेश मण्डल, कोषाध्यक्षमा श्याम राउत र सदस्यहरुमा चन्द्रमोहन यादव, सन्तोष साह, रवि यादव, बैजु यादव, अशोक यादव, विमल यादव, राकेश महतो, रवित यादव, रचित कुमार मण्डल, विनय कुमार दास, अमितकुमार मंण्डल सहित विद्यार्थीहरुको उपस्थितमा सर्वसहमतीले चयन भएको जिल्ला सचिव बलिराम कापरीले जानकारी गराए।

सो भेलामा समाजवादी विद्यार्थी युनियन मधेस प्रदेश समितिका उपाध्यक्ष बिकास यादव, सचिव आमिन राईन, जिल्ला उपाध्यक्ष सरोज यादव र जसपा नेपालका नगर सचिव सुमितकुमार यादव, रमेशचन्द झा, लक्ष्मीनारायण झा तथा अर्थराज साह लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको समेतको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर