Advertisement

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

न्युजडेस्क
२०८३ भाद्र १५, सोमबार १३:०३

धनुषा जिल्लाको औरही गाउँपालिका वडा नं. १ स्थित मस्जिदे हनफिया गुलशने मदिना, झिटकहिया टोलका मुस्लिम समुदायले रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितहरूको राहत तथा सहयोगार्थ रु. २५,३०० (पच्चीस हजार तीन सय) प्रधानमन्त्रीद्वारा सार्वजनिक गरिएको राहत खातामा जम्मा गरेका छन्।

समुदायका सदस्यहरूले विपद्को यस कठिन घडीमा पीडितहरूप्रति ऐक्यबद्धता र मानवीय संवेदना व्यक्त गर्दै उक्त सहयोग रकम संकलन गरी खातामा जम्मा गरेका हुन्। साथै, बाढीबाट प्रभावित सबै परिवारको शीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाको काम सफल होस् भन्ने मस्जिदमा दुवा, कामना पनि व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर